चिनियाँ विदेशमन्त्री राजधानीमा

China's Foreign Minister Wang Yi talks during a news conference with Egypt's Foreign Minister Sameh Shoukry in Cairoअसार ९ । काठमाडौँ, बिहीबार आयोजना हुने नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीनका विदेशमन्त्री वाङ यी विशेष विमानबाट बुधबार अपरान्ह राजधानी आइपुगे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री वाङलाई नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी, उक्त मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए।

मंगलबारै जापानका परराष्ट्र राज्यमन्त्री मिनोरु कियुची पनि उक्त सम्मेलनमा भाग लिन आइपुगे । उनलाई विमानस्थलमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा, परराष्ट्र र अर्थमन्त्रालयका साथै यहाँस्थित जापानी दूतावासका वरिष्ठ अधिकृतले स्वागत गरे।

एघार सदस्यीय जापानी प्रतिनिधिमण्डलमा उक्त मुलुकको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसहित त्यहाँका सञ्चारकर्मी पनि सहभागी छन् ।

सम्बन्धित शिर्षकहरु