महाभूकम्प लाइभ अपडेट: मृतकको संख्या ५ हजार नजिक, सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा

Ludian_earthquake_2014_image

रमेश अधिकारी-

बैशाख १६, काठमाडौँ- महाभूकम्पमा परी मृत्यु हुनेको आंकडा ४७ सय नाघेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या ४७६९ पुगेको छ ।

महाभूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक जिल्लामा भएको छ । सिन्धुपाल्चोकमा यो समाचार तयार पार्दासम्म १२६० को मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा मात्रै १०३९ जनाको मृत्यु भएको छ । उपत्यकामा मृतकको संख्या १४४८ पुगेको छ । उपत्यकाबाहेक नुवाकोट, धादिङ, रसुवा र काभ्रेमा पनि मृतकको संख्या अधिक छ । नुवाकोटमा ५६० जनाले ज्यान गुमाएका छन् । धादिङमा मृतकको संख्या ३५५ छ । रसुवामा ३०२ को मृत्यु भएको छ ।

काठमाडौंमा मात्रै २१३२ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरका १८६९ घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । ललितपुरमा घाइतेको संख्या १६० छ । काभ्रेमा घाइतेको संख्या ८४८ छ भने रसुवामा ७०० घाइते भएको तथ्यांक छ । 

सिन्धुपाल्चोकको दुर्गम गाउँहरुमा अझै पनि उद्दार र राहत टोलि पुग्न नसकेको स्थानीय पिडितहरुले जानकारी दिएका छन्  ।  पढ्नुस यो समचार  

सम्बन्धित शिर्षकहरु