फिजीमा बसोबास गर्ने नेपाली मध्येका सबैभन्दा जेष्ठ नागरिक विक्रम सिंह अब रहेनन

 

सिड्नी अष्ट्रेलिया

 

गणतान्त्रिक देश फिजिको नेपाली बस्तीमा बसोबास गर्ने नेपाली मध्येका सबैभन्दा जेष्ठ नागरिक विक्रम सिंहको हिजो निधन भएको छ।फिजीको सिङ्गाटोका जिल्ला स्थित कावानाङ्गासाउ मा बस्दै आएका सिंहको आफ्नै निवासमा निधन भएको हो।फिजीका लागि नेपाली सांस्कृतिक राजदूत भीमसेन सापकोटा (आचार्य राजन शर्मा)का अनुसार ९९ वर्षका सिंह विगत लामो समय देखि किड्निको बिरामी थिए।नेपाल बाट भारत हुँदै फिजीजाने नेपाली मध्येका उनी तेस्रो पुस्ताका एक हुन।सिंह आफ्नै निबासमा छोरा बुहारी संगै बस्दै आएका थिए।

 

 

 

 

 

 

फिजीका लागि नेपाली सांस्कृतिक राजदूत भीमसेन सापकोटाले झण्डै एक महिना अगाडि विक्रम सिंहलाई उनकै निवासमा भेटि नेपालको बारेमा चाँसो राखेर भलाकुसारि गरेका थिए। राजदूत सापकोटाले सिंह संगको भलाकुसारि सम्झंदै भने “फिजीको नेपाली वस्तिलाई नेपाल सम्म जोड्ने उनको धोको रहेको र एक पटक नेपाल जाने चाहना सिंहको रहेको सापकोटाले बताए।फिजीमा रहेको एक मात्र पशुपतिनाथ मन्दिरका संस्थापक मध्येका उनि एक थिए।सिंह नेपाली भाषा नै बोल्दथे।

फिजीमा रहेका करिब १० हजारको संख्यामा छरिएर रहेका नेपालीहरु नेपाली संस्कृती र नेपाल प्रति गर्व गर्दछन। भूगोलले जति नै टाढा भएपनि आफ्नो राष्ट्रियता सदैभरि हृदयमै रहिरहन्छ,फिजीमा रहेका थूप्रै नेपालीहरु यस्तै बताउँछन।
नेपाल र नेपाली प्रति मोह दर्शाउने सदैव नपाललाई नै माया गरिरहने स्वर्गिय विक्रम सिंह प्रति असनेपालन्युज परिवार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवार जन प्रति धैर्य धारण को शक्ति मिलोस् भन्ने कामना गर्दछौं।

सम्बन्धित शिर्षकहरु