घाइते सत्कार अधिकारीको अवस्था सुधारोन्मोुख।

सिड्नी

अष्ट्रेलियाको सिड्नीस्थित एक नाईट क्लबमा न्यु ईएर ईभ को सांझ दुई नेपाली युवा बिच झडप हुँदा गम्भीर घाइते भएका सत्कार अधिकारीको होस खुलेको जानकारी प्राप्त भएको छ। अधिकारीको सिड्नी स्थित सेन्ट भिन्सेन्ट अस्पतालमा उपचार भैरहेको छ। सत्कार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ११ सुकेधारा निवासी नवीन किशोर अधिकारीका छोरा हुन।

 

 

 

 

 

 

 

भने सत्कार हाल न्यूट्रलबेमा बस्दै आएका छन। सेन्ट भिन्सेन्ट अस्पतालमा पुगेका नेपाली समुदायका युवा बिष्णु सापकोटा र सागर अधिकारीले सत्कार अधिकारीको बुबा नबिन अधिकारिसंग पनि कुरा गरेर अवस्था सुधारोन्मोुख रहेको जानकारि गराइसकेको बताएका छन।

सम्बन्धित शिर्षकहरु