सार्क रिट्रिट गरिने स्थानको सबै तयारी पूरा

मङ्सिर ६ ।बनेपा,दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को धुलिखेलमा हुने भनिएको रिट्रिटको लागि हवाई आवागमन क्षेत्र तथा सडक मार्ग लगायत मर्मत गरिने कार्य पुरा भएको छ ।

हवाई आवागमनका लागि हेलिप्याड निर्माणका साथै रिट्रिटस्थल जाने स्थलमार्गका लागि धुलिखेलको बसपार्कदेखि स्थानीय गौखरेश्वर मन्दिरसम्म सडक मर्मत सम्हारको काम सकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

रिट्रिटस्थल धुलिखेल नगरपालिका वडा नं १ स्थित भट्टेडाँडामा हेलिकप्टर अवतरणका लागि झन्डै तीन साता लगाएर नेपाली सेनाको नेतृत्वमा दुई वटा हेलिप्याड निर्माणको काम सकिएको छ । सो हेलिप्याडबाट हेलिकप्टरको परीक्षण उडानसमेत गरिएको छ ।

काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराईले हेलिप्याड निर्माणका लागि जिल्ला विकास समितिबाट सापटीका रुपमा रु १० लाख प्रदान गरिएको उल्लेख गर्नु भयो ।

सार्कका सरकार प्रमुख तथा राष्ट्राध्यक्षको धुलिखेल रिट्रिट हुने भएपछ

सम्बन्धित शिर्षकहरु