काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । शैक्षिक प्रमाणपत्र विवाद र केही ‘विवादित फैसला’का कारण सत्तासीन नेकपा जोशीको सिफारिस दुईतिहाइबाट अस्वीकृत गरिएको हो ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीसहितको दुईतिहाइ बहुमतबाट जोशीको नाम प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिखित असहमति जनाउँदै बैठक बहिस्कार गरेको छ । १५ सदस्यीय संसदीय सुनुवाइ समितिमा नेकपाबाट ९ र संघीय समाजवादी फोरमका १ गरी १० जना संसद छन्, जुन दुईतिहाइ बहुमत हो । उता कांग्रेसबाट चार सदस्य रहेका छन् ।








