अनेसास र साहित्यकार एल बि विच अन्तर्कृया तथा रचना वाचन

मन्जिला ,असनेपालन्युज समाचार ,सिड्नी । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास ) एन एस डब्लु को आयोजनामा सिड्निको क्याम्सिमा विषेश अन्तर्कृया रचना वाचन तथा रात्री भोज कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा साहित्यकार एल बि क्षेत्रीको सँगको अन्तर्कृया तथा विभिन्न साहित्य प्रेमि हरूको कविता वाचन जोडदार रुपले जमेको थियो।
सो अवसरमा साहित्यकार एल बि लाई अनेसास एन एस् डब्लुले स्वागत गरेको थियो भने एल बि ले चरैवेति साहित्यिक संस्थाको तर्फ बाट मायाको चिनो तथा अनेसास पुस्तकालयका लागि आफ्ना कृतिहरूलाई अनेसास केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटा एवं एन एस डब्लुका अध्यक्ष महेन्द्र पौडेल मार्फत हस्तान्तरण गर्नु भएको थियो ।यस्तै उहांले एन आर एन को साहित्य प्रतिको लगाव लाई एन आर एन एका कोषाध्यक्ष डिला खरेल मार्फत एल मायाको चिनो हस्तान्तरण गर्नुभयो । उहांले साहित्यका सबै विधा समान रहेकाले हरेक विधाका सर्जकले एक ले अर्काको सम्मान दिनुपर्ने बताउअनु भयो । कला र विचारको सुन्दर समिश्रण नै लोकप्रिय रचना को आधार भएको उहांले बताउनु भयो ।
सो अवसरमा एल बि ले अनेसासले अस्ट्रेलियामा सिर्जना गरेको साहित्यिक माहोलको मुक्त्त कण्ठले प्रसंशा गर्नु भयो । साहित्यको बिकासका लागि निरन्तर लेखन जरूरि हुने बताउंदै आफ्ना विभिन्न रोचक रचनाहरू वाचन गर्नु भएको थियो ।
यस्तै नवराज कार्किले पुरस्कार , पुस्तक नहुंदा पनि ब्यक्ति साहित्यिक बन्नसक्ने बताउनु भयो । यस्तै साहित्यकार नवराज कार्किले विभिन्न ब्यङ्ग कविता प्रस्तुत गर्दै सो रसिक सन्ध्यालाई थप रोचक पार्नु भएको थियो । सो अवसरमा सुरेन्द्र दवाडि , निस्प्रभ सजी , भीमसेन सापकोटा , महेन्द्र पौडेल , निरज जोशि , महेश्वर शर्मा , लगायत थुप्रै काव्य प्रेमिहरूले आ-आफ्ना कविता , मुक्त्तक , गजल वाचन गर्नु भएको थियो । अनेसास ले साहित्यको गोडमेल , बिकास , नयाँं र पुराना प्रतिभालाई साझा मन्च प्रदायक भएको सो अवसरमा महेन्द्र पौडेलले बताउनु भयो । सो कार्यक्रमको सुत्रधार भीमसेन सापकोटा हुनुहुन्थ्यो ।

सम्बन्धित शिर्षकहरु