काठमाडौं, भदौ २७– एनेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई हिजो साँझ हृदयघाट भएको छ । बिहीबार साँझ काठमाडौँ सानोभर्याङस्थित आफ्नो निवासमा आराम गरिरहेको बेला बोगटीलाई हृदयघाट भ
एपछि परिवारले बाँसबारिस्थित सहिद गंगालाल अस्पताल पुर्याएका थिए ।
तत्काल सहिद गंगालाल हृदय केन्द्र लगिनुभएका बोगटीको आइसीयुमा राखेर उपचार भैरहेको छ । हिजो राती नै उहाको सल्यक्रिया गरिएको बोगटीका स्वकीय सचिब चुडामणी खड्काले जानकारी दिनुभयो । सल्यक्रिया पछि बोगटीको अवस्था अहिले खतरामुक्त रहेको छ ।
बोगटीको स्वास्थ्य अवस्था बुझ्न बिहिबार राति नै एमाओवादी अध्यक्ष, प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई उपाध्यक्ष नारायणकाजी, महासचिव कृष्णबहादुर महरालगायत केन्द्रीय नेताहरु अस्पताल पुग्नुभएको थियो । बिहीबार दिनभर विभिन्न बैठकमा सहभागी हुनुभएका बोगटीलाई साँझ एक्कासी हृदयघाट हुन पुगेको थियो ।








