विशिष्ट बैठकमा रामचन्द्र पौडेलका दुवै हात ‘इ …’ भन्दै जब गोप्य अंगतिर सोझिए…

भदौ २५, काठमाडौं – देशका विशिष्ट व्यक्तिहरु आफ्नो निजि जीवनमा कस्तो संबाद प्रयोग गर्छन त्यसको प्रवाह कसैलाई नहुन सक्छ । तर तिनै व्यक्तिहरु जब सार्वजनिक जीवनमा आउछन र संबाद गर्छन तिनको चौतर्फी मुल्यांकन हुनु स्वाभाविक हो । हामीले अत्यन्तै शालीन र भलादमी ठानेका कतिपय मानिसहरु आफ्नो आवेगलाइ नियन्त्रणमा राख्न नसक्दा सार्वजनिक र अत्यन्तै महत्वपुर्ण ठानिएकै ठाउँमा चिप्लिने गरेका छन् ।ram chandra

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि हालै महत्वपूर्ण बैठकमा यस्तै हर्कत देखएको समाचार जनआस्था साप्ताहिकले बाहिर ल्याएको छ । संविधानका अन्तरवस्तुबारे छलफल गर्न शुक्रबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा भएको घटना हो यो । खै,प्राज्ञ र विज्ञहरुसँग पर्याप्त छलफल गरेको ? खै तिनको सुझाव बटुलेको ? कसैले यस्तो कुरा कोट्याउन नपाउँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बसेकै सिटबाट बुद्धिजीविमाथि आक्रामक प्रहार गर्नुभएको हो –‘को छ यहाँ बुद्धिजीवी ? इ…. त्यस्ता बुद्धिजीवी?’ यी सब्द उच्चारण गर्दै गर्दा उहाँले आफ्ना दुबै हात गोप्य अंगतिर सोझ्याउनुभाएको थियो । बैठकमा पौडेल नजिकै रहनुभएकी एमाले उपाध्यक्ष विद्यादेबी भण्डारीले अप्ठारो मान्दै भन्नुभयो,‘आजका मितिसम्म तपार्इंबारे मेरो धारणा बेग्लै थियो । प्रधानमन्त्री चुनावमा १७ पटकसम्म हारेकाले अबसर दिउँ न त एकचोटी भन्ने लागेको थियो । आजबाट सारा भ्रम टुट्यो ।’ रामचन्द्रले लाजै नमानी जवाफ फर्कौनुभायो–अब के गर्नु मैले ? भ्रम टुटे टुटोस् मैले त एकताका किशुनजीले राखेको कुरा यहाँ राखिदिएको मात्र हुँ ।’ सोही क्रममा एमालेका अर्का नेताले भदौ २१ गतको क्यालेन्डर मिलाउन बाबुराम भट्टराईको सक्रियतालाई जब पर्यो राति तब बुढी ताती’ को संज्ञा दिएपछि छेउमा बस्नुभएका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको टिप्पणी थियो–यी बुढाहरु किन मात्तिएका होलान् !’

सम्बन्धित शिर्षकहरु