सुनकोशी निरीक्षण गर्ने क्रममा गृहमन्त्री गौतम लडेर घाइते

भदौ २४, काठमाडौँ- सिन्धुपाल्चोकमा थुनिएको सुनकोसी खुलेपछि स्थलगत निरीक्षणका लागि राम्चे पुग्नुभएका  उप-प्रधान तथा गृहमन्त्री बामदेव गौतम लडेर घाइते हुनुभएको छ। सुनकोसी नदीलाइ थुनेर  ताल बनाउने कान्ले पहिरोको  भ्रमण गरि फर्कदै गर्दा उहा चट्टानमा चिप्लेर  लड्नुभएको  हो।

 लडेर उहाको देब्रे खुट्टाको घुँडा मुनी चोट लागेपछी ५ वटा टाँका लगाइएको छ। गौतम घाइते भएपछि खाडिचौरको एक स्थानीय मेडिकलमा प्रारम्भिक उपचार गरिएको थियो।उपचार पछी उप-प्रधान तथा गृहमन्त्री बामदेव गौतम काठमाडौँ  फर्कनुभएको छ ।

 

सम्बन्धित शिर्षकहरु