लिभरपुलद्वारा म्यानचेष्टर सिटी पराजित

साउन १५।काठमाडौं, इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई ३-१ ले पराजित गरेको छ ।

प्रि सिजन टुर अन्तरगत बुधबार राति भएको खेलमा लिभरपुलेल सिटीलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गरेको हो ।

निर्धारित समयको खेल २-२ को गोलको बराबरीमा टुगिंएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

सिटीका याया टोरे र नाभासको प्रहार लिभरपुलका गोलरक्षकले रोके । लिभरपुलको जितमा साइमन मिनिओको पेनाल्टी गोल निर्णायक बनेको थियो ।
यसअघि निर्धारित समयमा सिटीले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन ।

सिटीले ५३ औं मिनेटमा जोभिटिकको गोलबाट अग्रता लिएको थियो ।

तर, ५९ औं मिनेटमा हेन्डरसनले बराबरी गोल फर्काए ।

६७ औं मिनेटमा जोभिटिकले नै व्यक्तिगत दोस्रो गोल गर्दै फेरि सिटीलाई अग्रता दिलाए । तर, ८५ औं मिनेटमा लिभरपुलका स्टरलिङले बराबरी गोल फर्काए ।

सम्बन्धित शिर्षकहरु