संयुक्त राष्ट्रसंघका महासचिव आज नेपाल आउने

साउन ५ ।काठमाडौ, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेर्भी लाड्सौस आज नेपाल आउनुहुने भएको छ ।

हेर्भी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लाग्नु भएको हो ।

नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखनका क्रममा भएका प्रगति तथा नेपाली सेना र सुरक्षा निकायको वस्तुस्थितिबारे जानकारी लिने उद्देश्यले सरकारको निमन्त्रणामा उपमहासचिव लाड्सौस नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान मन्त्री एवम् गृहमन्त्री वामदेव गौतम र परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र प्रधानसेनापति गौरवशमशेर जबरासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज आयोजना गर्ने ‘शान्ति कायमका परिवर्तित कार्यक्षेत्र र आयाममा नेपालको सहभागिता’ विषयक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा उपमहासचिव लाड्सौसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित शिर्षकहरु