काठमाण्डौ । विभिन्न पेशा अपनाएर काठमाण्डौमा स्थायी वा अस्थायी वसोवास गर्दै आएका साहित्यकार,सर्जक तथा साहित्यानुरागिहरुको वाल्मीकि क्यम्पसको खूला प्राङ्गडमा वसेको भेलाले साहित्यकार शान्ति शर्माको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति चयन गरी ‘दियालो साहित्य सरगम’नामक संस्था स्थापना गर्ने तयारी गरेको छ।
विभिन्न साहित्यीक गतिविधि मार्फत नेपाली साहित्यको विकासमा योगदान पुर्याउने उद्देश्यका साथ खोलिएको उक्त संस्थामा अन्य पदाधिकारीहरुमा गणेश खतिवडा,शिवराम खड्का,रविन्द्र आशिष (शैली),विष्णु थापा (विछोड),अदिती अर्याल ज्ञवाली,प्रकाश वस्नेत (गफाडी),दुर्गा तिवारी र सुनिता पौडेल रहेका छन्।
विभिन्न विधामा पुस्तक प्रकाशन,साहित्य लेखन सम्वन्धि प्रशिक्षण र गोष्ठी,रचना वाचन तथा श्रवण,समय समयमा विभिन्न विधागत प्रतिस्प्रधात्मक कार्यक्रमहरुको आयोजना,साहित्य र सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान जस्ता भावी कार्ययोजना रहेको उक्त संस्थाको केही दिनमा नै कानुनी प्रक्रिया मिलाएर दर्ता गरिने कुरा संस्थाकी प्रस्तावित अध्यक्षले वताएकी छन्।









