किन गरियो यो वर्षको पद्मश्री पुरस्कार रद्द ?

काठमाडौं । यो वर्षको पद्मश्री पुरस्कार रद्द भएको छ ।

सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई पुरस्कार दिने निर्णय विवादास्पद भएपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द भएको खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले जनाएको छ ।

गत आइतबार यो वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

पुरस्कार दिने निर्णय भएकै दिन मोदनाथ प्रश्रितमाथि यौन उत्पीडनको आरोप लागेपछि प्रश्रितसँग बसेर पुरस्कार नलिने उप्रेतीले बताएपछि विवाद सृजना भएको थियो ।

यस्तै गलत आरोप लगाएर विवादमा तान्न खोजिएको भन्दै प्रश्रितले समेत पुरस्कार नलिने बताएपछि प्रतिष्ठानले यो वर्षको पुरस्कार रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष अध्यक्ष जीवा लामिछानेले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्षको उत्कृष्ट कृतिका लागि पद्मश्री साहित्य पुरस्कार र समग्र साहित्य क्षेत्रमा गरेको योगदानका आधारमा पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शिर्षकहरु