जेठ २८ । काठमाडौं,काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन इकाइले मेलम्ची खानेपानीको पाइपलाइनमा ‘स्ट्रेस टेस्ट'(बहाव परिक्षण) गरेको छ ।काठमाडौंमा बिछ्याएका पाइपलाइनले पानीको प्रेशर धान्न सक्ने अवस्था जाँच्नको लागि ‘स्ट्रेस टेस्ट’सुरु गरिएको हो ।
पाइपलाइनलाई सही प्रकारले बिछ्याइको छ छैन भनेर जाँच्नको लागि यस्तो परिक्षण गरिएको इकाइका आयोजना निर्देशक तिरेसप्रसाद खत्रीले बताउनु भयो ।परीक्षणपछि अहिले विभिन्न ठाउँमा आएका समस्याालाई पनि मर्मतमार्फत समाधान गरिँने उहाँले जानकारी दिनु भयो । काठमाडौंमा मेलम्चीको पानी आउनासाथ वितरण कार्य पनि हुने आयोजनाले जनाएको छ ।
पाइपले कतिसम्म पानीको प्रेशर थेग्न सक्छ, गाँसिएका भागहरु कति मजबुत छ,कतै पानीको लिगेज छ कि छैन लगायतका समस्याहरु पत्ता लगाउन परीक्षणले मद्द्त गर्दछ ।
अहिले एकैपटक ८०/९० ट्यांकर पानी पाइपलाइनमा हालेर स्ट्रेस टेस्टको काम गरिएको हो ।पाइपमा जमेको फोहोरलाई परीक्षणका क्रममा ल्याइने पानीले सफा गर्नेछ ।
पाइप बिछ्याउने काम अहिलेसम्म लगभग ८८ प्रतिशत सकिएको निर्देशनालयले जनाएको छ । ६० किलोमिटरको मुख्य लाइनमध्ये ५७ किलोमिटरमा पाइप राखिसकिएको छ ।
अब मुख्यलाइनको ३ किलोमिटर क्षेत्रमा मात्रै पाइप बिछ्याउन बाँकी छ । माइतिघर-भद्रकाली, नयाँबानेश्वर-पुरानोबानेश्वर लगायत केही स्थानमा मात्रै मूल पाइप बिछ्याउन बाँकी छ ।
मेलम्ची खानेपानी आयोजना असोजमा पूरा हुने भनिए पनि अझै अझै ३ किलोमिटर बढी सुरुङ खन्नै बाँकी छ ।








