सहमति कायम गरेर माघ ८ भित्रै संविधान बनाउनु पर्छ : मन्त्री सिंह

साउन २४ । काठमाडौँ, उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक दलहरुवीच सहमति कायम गरेर माघ ८ भित्रै संविधान जारी गर्नु बताउनु भएको छ ।

गुहृयश्वी उच्चमाध्यामिक विद्यालयको ६८ औँ वार्षिकोत्सव समारोहलाई आइतवार विहान सिनामंगलमा सम्बोधन गर्दै सिंहले मुलुकमा राजनीतिक स्थिरता कामय नभएसम्म विकास निर्माणका कामले गति लिन नसक्ने बताउनु भएको हो ।

उहाले मुलुक अहिले असामान्य राजनीतिक परिस्थितिबाट गुज्रिरहेकाले सरकारसामू राजनीतिक अस्थिरता हटाउने मूख्य चुनौती रहेको वताउनु भयो ।
‘नेताहरुले पहिलो संविधानसभा जस्तै समय खेर फाल्न थाले भन्ने जनगुनासो बढ्न थालेको छ, मन्त्री सिंहले भन्नु भन्नु भयो,त्यसैले सरकार सवै दललाई मिलाएर जसरी पनि संविधान जारी गर्नु पर्छ भन्नेमा प्रतिबद्ध छ ।”

मन्त्री सिंहले राजनीतक अस्थिरताका कारण विकास निर्माणका काम अघि बढ्न नसकेको गुनासो गर्नु भयो ।

सम्बन्धित शिर्षकहरु