साउन ८ । काठमाडौ, फोक्सोको क्यान्सरको उपचार गराएर स्वदेश फर्किनुभएका प्रधानमन्त्री सुशील कोइरालाले अझ केही दिन आराम गर्नुपर्ने भएकोले उहाले केही दिन सम्म कुनै भेटघाट नगर्ने बताइएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले प्रधानमन्त्री आज पनि कुनै औपचारिक कार्यक्रम वा बैठकमा सहभागी नहुने जानकारी दिनु भयो ।
त्यसैले उहाँले कुनै औपचारिक भेटावार्ता तय गर्नुभएको छैन भने बैठकहरु पनि सार्दै आउनुभएको छ ।
हिजो पनि उहाँ दिनभर निवासमै रहनु भयो । उहाँले पार्टी नेता, मन्त्री, कर्मचारीहरुसँग भेटवार्ता गर्नुभएन ।
रेडियोथेरापी दिएको केहीदिनसम्म रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उहाँसँग भेटघाट गर्दा इन्फेक्सन भई रोग बल्झिन सक्ने भन्दै
चिकित्सकहरुले भेटघाटमा रोक लगाएको बताइएको छ ।
प्रधानमन्त्रीले आराम गर्नुपर्ने भएकैले प्रत्येक विहीबार बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठक पनि नबस्ने भएको छ ।








