दक्षिण चीनमा बस र भ्यान ठोकिदा ३८ जनाको मृत्यु

एजेन्सीको सहयोगमा, असनेपाल न्युज सम्बाददाता/

असार ३, काठमाडौँ- दक्षिण चिनको एक राजमार्गमा एक बस र प्रज्वलनशील तरल बोकेको भ्यान एक आपसमा ठोकिदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ । चीनको राज्य नियन्त्रित संचार माध्यम सिनुहाले यो समाचार बाहिर ल्याएको हो ।

शनिबार बिहान चीनको हुनान प्रान्तमा भएको हो । प्रज्वलनशील तरल पदार्थ बोकेको भ्यानले यात्रुबाहक बसलाइ पछाडिबाट ठक्कर दिएपछि उक्त दुर्घटना भएको थियो ।

सिनुहाको अनुशार दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् जसमध्य ४ जना पुर्णरुपमा जलेको अवस्थामा छन । पछिल्लो हप्ता मात्र चीनमा स्कुले बिद्यार्थी बोकेको बस दुर्घटना हुदा ११ जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि चीनको सरकारमाथि ग्रामिण सडक राम्ररी मर्मत नगरेको आरोप लाग्न थालेको समाचार एजेन्सी रोयटरले जनाएको छ । .

 

सम्बन्धित शिर्षकहरु