भारतमा एकै दिन १२ हजार बढी संक्रमित

काठमान्डौ, भारतमा एकै दिनमा १२ हजार भन्दा बढी कोरोना संक्रमितहरू भेटिएका छन । पछिल्लो २४ घण्टायता हालसम्म कै यति धेरै संक्रमित थपिएका हुन ।

पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार भारतमा कोरोना भाइरस संक्रमणको कारण १२ हजार २३ जना संक्रमित थपिएका हुन् ।

संक्रमित थपिएसंगै आइतबार बिहानसम्म भारतमा संक्रमितको संख्या ३ लाख नाघेको छ ।

भारतमा संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय २६ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ३ सय ९ जनाको ज्यान गएसँगै हालसम्म त्यहाँ ९ हजार १ सय ९९ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ ।

भारतमा अहिलेसम्म लगभग १ लाख ६२ हजार ३ सय ६२ जना सफल उपचारपछि निको भएर घर फर्किएका छन् भने १ लाख ५० हजार १ सय १ जना सक्रिय संक्रमित रहेका छन् ।

एकैदिन भेटिएका नयाँ संक्रमितको संख्या भारतमा हालसम्मकै उच्च रहेको र आउने दिनहरूमा संख्यामा थप वृद्धि हुने देखिन्छ ।

भारत अहिले कोरोना भाइरस रोगबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये संक्रमितको चौथो स्थानमा पर्छ ।

सम्बन्धित शिर्षकहरु