सेती नदीले १९ घर डुबानमा,मानवीय क्षति हुन पाएन

साउन २ ।पोखरा,पोखरा स्थित सेती नदीको बाढी पसेर पोखरा-१० रामघाटमा रहेको १९ वटा घर डुबानमा परेको छ ।

घरमा रहेको सर सामान बगाए पनि मानिसहरुलाई भने स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा मोटरबोटमार्फत उद्धार गरिएको सशस्त्र प्रहरी बल कालिका गणले जनाएको छ ।

बिहान साढे ३ बजेतिर अकस्मात आएको बाढीको कारण त्यहाँका अन्य घरहरु पनि जोखिममा परेको छ ।

कालिका गणका गोविन्द खड्काको नेतृत्वमा १५ जना विपत व्यवस्थापन टिम र प्रहरीसहित स्थानीयबासिन्दाले बिहान डुबानमा फसेकाहरु लाई सकुशल उद्धारमा गरेको थियो ।

सम्बन्धित शिर्षकहरु