अन्तरराष्ट्रिय कविता प्रतियोगितामा बैतडीका राजेन्द्र तारकिणी प्रथम

विजय थापा । भर्जिनिया । ३२ औ ए एन ए डिसी सम्मेलनमा एएनएन उत्तर अमेरिका साहित्य प्रतिष्ठानले आयोजना गरेको अन्तरराष्ट्रिय कविता प्रतियोगितामा बैतडीका राजेन्द्र तारकिणी प्रथम हुनु भएको छ ।

विभिन्न १९ देशका ३२९ कविहरुको प्रस्तुत कविता मध्ये उहाको कविता सर्वोकृष्ट भएको हो । तरकिणिको “कविता लेख्न बस्दा” शिर्षकको कविताले प्रथम पुरस्कार स्वरूप नगद एक हजार अमेरिकी डलर सहित् एनएम शुभद्रा भानुभक्त काव्य पुरस्कार पाएको छ ।

अमेरिकाको वाशिंगटन डिसीमा जुलाई ४ देखि ६ सम्म सम्पन्न दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को ३२ औं सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

प्रतियोगितामा काभ्रेका अविरल ओझेलले “प्रतिक्षा” शिर्षकको कविता सुनाएर दोस्रो हुनु भयो । उहाले स्वरूप नगद तीनसय डलर सहित शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार पाउनु भएको छ । यसैगरी प्रतियागितामा काभ्रेकै कवि फूलमान बलको कविता तृतीय भएको छ । कवि बलले नगद दुईसय अमेरिकी डलर सहित बसुन्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार प्राप्त गर्नु भयो । गोवर्धन पूजाको संयोजनमा भएको उक्त प्रतियोगितामा सरुभक्त, वियोगी बुढाथोकी , विश्वविमोहन श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, भीष्म उप्रेती र डा. नेत्र एटम सम्मिलित अन्तिम निर्णायक समितिले पठाएको मूल्यांकनका आधारमा निर्णय गरिएको हो ।

सम्बन्धित शिर्षकहरु