नेपालन्युज । सिड्नी ।
‘भुँई तलाको भुइं मान्छेलाई भुकमपले सोध्यो ‘
नौ तले लाई.. भुंंई तलामा झारें तलाई कस्तो लाग्यो ……….।”हांसो , संवेदना , ब्यङ्य र रोमान्चकताले भरिएका यस्तै कविता , गजल र कृतिहरूले भरीएको एक रसिक काब्य जमघट, जसले सिड्निका काव्य प्रेमिहरूको दिन अविस्मरणिय बन्यो गएको आइतवार । चर्चामा रहेको महाभुकम्प , भुकम्पका नाममा निम्त्याइएका मानविय भुकम्प , देशको दु:खाइ आदि बिषयमा केन्द्रित सो काव्य जमघट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को नियमित साहित्यिक कार्यक्रम ‘घर दैलो काव्य जमघट ‘ नाममा जुरेको थियो । सर्जकहरूको परिभाषा
मा दाता , दु:ख , देश , भुकम्प र एन आर एन कसरी देखापर्छ सो अवसरमा वाचित गजल तथा कविता हरूमा छर्लङ देख्न सकिन्थ्यो ।
दर्जनौ कविता , गजल ,गित , प्रस्तुत सो कार्यक्रम सिड्नीको साहित्यिक माहोल बढाउन सहायक बनेको सिड्निका साहित्य प्रेमिहरूको प्रतिक्रिया रहेको छ। चर्चित साहित्यकार नवराज कार्कि र वेद कुमारी न्यौपानेको विशेष आतिथ्यमा सम्पना सो काव्य भेट अनेसास का केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटाको निवास सिड्निको रिभरउड सम्पन्न भएको थियो । कार्यक्रममा नवराज राज कार्कि , वेद कुमारी न्यौपाने , बिकास उप्रेती, ममता तिवारी (सापकोटा ), प्रकाश , विदुर सापकोटा , हरी श्रेष्ठ , शम्भु घिमिरे , मुकुन्द सापकोटा ,सुरेन्द्र दवाडी ,महेन्द्र पौडेल , भीमसेन सापकोटा लगायतका साहित्यप्रेमिहरूको सहभागीता रहेको थियो । अनेसास एन एस डब्लु , अस्ट्रेलियाका अध्यक्ष महेन्द्र पौडेल देशमा गएको विनासकारी भुकम्पमा मा आधारित सो साहित्यिक भेटमा स्तरिय र मननिय सिर्जना वाचन गरिएको बताउनुहुन्छ । अनेसासले अस्ट्रेलियामा साहित्यिक माहोल विस्तार गरि विश्वकै साहित्य प्रेमिहरूको गौरव बढाएको कवि नवराज कार्कि को प्रतिकृया छ । संस्थाका महासचिव विकास उप्रेती द्वारा सुमधुर गीत समेत प्रस्तुत भएको सो कार्यक्रमका रचना सङ्ग्रहणिय रहेको लेखिका वेद कुमारी न्यौपाने असनेपाल न्युजलाई बताउनु हुन्छ । अनेसासको काव्य यात्रा कार्यक्रम हरेक महिना सिड्निको विभिन्न सर्जकहरूको निवासमा नियमित रुपले हुने गरेको छ ।कार्यक्रममा वाचित कविता श्रवण गर्न असनेपालन्युज लग अन गर्दै गर्नु होला ।








