पोखरमा फेरी जमीन भासियो

रमेश अधिकारी/असनेपाल न्युज 

असार २०, पोखरा, पोखराको अर्मलामा पोहोर भ्वाङ परेको घटना नसेलाउदै पोखरा उपमहानगरपलिका वडा नं. ९ नयाँवजारमा पनि जमिन भासिन थालेको छ । लगातारको बर्षातका कारण सो ठाँउमा रहेको नव प्रभात माध्यमिक विद्यालयको दक्षिणपट्टीको भूभाग भासिन थालेको हो ।PKR

जमिन भासिन लागेपिछ सो स्थानमा रहेका करिव ३८ घर परिवार उच्च जाखिममा परेका छन् भने ६ घरमा क्षति पुगेको छ । घरका भित्ताहरु चर्किनुका साथै कतिपय घरभित्र समेत भ्वाङ परेको छ । राति सुतिरहेका समयमा जमिन भासिएकोले घरमा डराई डराई रातभर जागाराम बस्नुपरेको स्थानीयबासीको भनाई छ । वडा नं. ९ का सचिव लोकदर्शन कोईरालाले वस्तीमा मानिसहरु रोएको देखेपछि सोधपुछ गर्दा जमिन भासिएको बिषयमा जानकारी पाएको वताउनुभयो । आफुले भासिएको ठाउ हेरे लगत्तै प्रकोप रोकथाम गर्न सम्वन्धित ठाउमा पहल गरेको समेत वहाँले उल्लेख गर्नुभयो ।

जमिन भासिन शुरू भएपछि विद्यालय र आसपासका मानव वस्ती जोखिममा परेको नवप्रभात विद्यालयका शिक्षक ढाकामोहन बरालको भनाई छ । बेलैमा जमिन भासिन नराेके सो स्थानमा दुर्घटनाको जोखिम बढ्ने अवस्था रहेको छ ।

 

 

 

 

 

 

 

सम्बन्धित शिर्षकहरु