सिड्निमा अनेसासको सधारण सभा , कार्य समितिको सर्व सम्मत चयन

सिड्नि। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) न्यु साउथ वेल्स च्याप्टरको साधारण सभा हालै सम्पन्न भएको छ। अनेसास,न्यु साउथ वेल्स ले आफ्नो वार्षिक साधारण सभा मार्फत नयां कार्य समितिको समेत सर्वसम्मतीले चयन गरेको हो । यसै क्रममा महेन्द्र पौडेलको अध्यक्ष्यतामा गठित नयां समितिलाई केन्द्रिय समिति अनेसास ले स्वागत गरेको छ। नयां कार्यसमितीको अन्य पदाधिकारिहरूमा उपाध्यक्ष सानु घिमिरे , महा सचिव विकास उप्रेति, सचिव सुरेन्द्र दवाडि, कोषाध्यक्ष ममता तिवारि ,सदस्यहरू कुमार गिरि,निरज श्रेष्ठ , रुमु न्यौपाने , भुटानि नेपाली समुदाय संयोजक पदमा काफ्ले ,जन संपर्क संयोजक भीमसेन सापकोटा लगायतका पदधिकारि रहेका छन्।
अनेसास ले अस्ट्रेलियामा भाषा बचाउ अभियानका तथा नेपाली साहित्यको उत्थानका लागि वर्षेनि अस्ट्रेलियाब्यापि कविता महोत्सव, विभिन्न जयन्ति, उत्सव ,गजल सन्ध्या , पुस्तक लोकार्पण प्रतिभाको खोजि तथा स्रस्टा सम्मान गर्दै आइरहेको छ। विश्वका ३६ भन्दा बढि देशमा आफ्नो सन्जाल विस्तार गरि प्रावासमा नेपाली साहित्य जगेर्ना र मलजल गर्न सफल अनेसासको सिड्नी अस्ट्रेलिया शाखा सन् २०११ देखि विस्तारित हुन गएको अनेसासले जनाएको छ।

सम्बन्धित शिर्षकहरु