नेपाललाई केवल हिमालयको देश मात्र नभई विश्व गुरु राष्ट्र र योगको उत्पन्न भूमि भनेर मान्नुपर्ने अवस्था आएको छ। विश्व शान्ति, आध्यात्मिकता र विज्ञानको क्षेत्रमा क्रियाशील विभिन्न समाज र संस्थाहरूले नेपालको आध्यात्मिक महत्त्वलाई उच्च स्तरमा चिन्ने अभियान अघि सारेका छन्। विशेष गरी विश्व शान्ति आध्यात्मिक विज्ञान समाजजस्ता संगठनहरूले नेपाललाई विश्व गुरु देश र योगको जन्मभूमिको रूपमा प्रचार-प्रसार गर्दैछन्।
नेपाल संसारकै पवित्र आध्यात्मिक धरोहरहरूको मातृभूमि हो, जहाँ योग, वेद, बुद्ध, प्रकृति र संस्कृतिको गहिरो सम्बन्ध र समृद्ध इतिहास पाइन्छ। हिमालयको पवित्र भू-भागलाई योग प्रवर्तक महर्षि पतञ्जलिको जन्मस्थल र योग दर्शनको उद्गमभूमि मानिन्छ। योग दर्शन र प्राकृतिक चिकित्सा सम्बन्धी विभिन्न शास्त्रीय ग्रन्थहरूमा नेपालको योगिक महत्त्वलाई स्पष्ट रूपमा उल्लेख गरिएको छ।
भगवान् शिवलाई आदियोगी अर्थात् प्रथम योगी मानिन्छ, जसले नेपाल हिमालयको पर्वतमा पहिलो योग सिद्धि प्राप्त गर्नुभयो। शिवपुराणले “योगेन्द्र भगवान् शिवः” भनेर उहाँलाई योगका गुरुका रूपमा सम्बोधन गरेको छ। नेपालस्थित प्रसिद्ध पशुपतिनाथ मन्दिर शिवको पूजास्थल हो र यहाँबाट योग, ध्यान तथा संस्कृतिका शिक्षाहरू फैलिएका हुन्। यहाँका सप्तऋषिहरूलाई शिवले योग, ध्यान र संस्कृतिका उच्चतम शिक्षाहरू प्रदान गर्नुभएको विश्वास गरिन्छ।
नेपाल वेदहरूको जन्मभूमि पनि हो। प्राचीन वैदिक ग्रन्थहरू यहीं लेखिएका थिए र यहाँका ऋषि-मुनिहरूले वेदशास्त्रलाई संरक्षित र प्रवर्धन गरेका थिए। संस्कृत भाषाका महान् व्याकरणशास्त्री पाणिनी पनि नेपालमै जन्मेका थिए। त्यसैले नेपाल संस्कृत भाषाको संरक्षण र विकासमा एक महत्वपूर्ण केन्द्र रहँदै आएको छ।
विश्वका महान् शान्तिदूत गौतम बुद्धको जन्म लुम्बिनी, नेपालमै भएको छ। बुद्धको शिक्षाले संसारभरि शान्ति र सहिष्णुता फैलाएको छ। यसले नेपालको आध्यात्मिक महत्त्वलाई अझ प्रगाढ बनाएको छ र ध्यान तथा ध्यानमूलक शिक्षाहरूमा नेपालको भूमिका थप स्पष्ट पार्दछ।
नेपाल प्रकृति देवीमाताको जन्मभूमि पनि हो जहाँ प्रकृतिको पूजा, संरक्षण र सम्मानको गहिरो परम्परा छ। प्राकृतिक चिकित्सा र आयुर्वेद नेपालबाटै विकसित भएका प्राचीन चिकित्सा पद्धतिहरू हुन्। हिमालयको वातावरण र प्राकृतिक स्रोतहरूले यहाँको चिकित्सा प्रणालीलाई अझ प्रभावकारी बनाएको छ।
गुरु गोरक्षनाथ, हठयोगका प्रवर्तक, नेपालका हिमालयी गुफा र जंगलहरूमा योगको प्रचार र अभ्यासमा संलग्न थिए। उनको शिक्षा अनुसार अहिंसा परम धर्म हो र योगमा अहिंसाभन्दा ठूलो मार्ग छैन। नेपालमा आज पनि उनका योग शिक्षाहरू चलिरहेका आश्रमहरू छन्।
नेपालको योगिक परम्परा योगसूत्र, शिवताण्डवस्तोत्र लगायतका प्राचीन ग्रन्थहरूमा उल्लेखित छ। शिवताण्डवस्तोत्रको प्रसिद्ध श्लोकमा नेपाल हिमालयको कुनै पवित्र स्थललाई शिवको ध्यानस्थल मानिन्छ। यसले नेपालको आध्यात्मिक भूमि हुनुको प्रमाण प्रदान गर्दछ।
नेपालको ऐतिहासिक र सांस्कृतिक गौरवमा चाँगुनारायण मन्दिरको विशेष स्थान छ, जुन भारतपछि बनेको प्राचीन मन्दिर हो।
भारत पहिले स्वतन्त्र देश थिएन। ब्रिटिश उपनिवेश तथा उपनिवेशीय शासनपछि मात्र भारत देशको नामले चिनिन थाल्यो। त्यो पनि बेलायतको उपनिवेश भइसकेपछि। तर नेपाल सधैं स्वतन्त्र राष्ट्र रहँदै आएको छ र यसको गौरवशाली इतिहासले देशलाई बलियो बनाएको छ।
नेपालका प्रमाणहरू, इतिहास र अनेकौँ जीवित प्रमाणहरू छन् जसले नेपाललाई विश्व गुरु देश बन्ने अधिकार पुष्टि गर्छ। यी प्रमाणहरूलाई तोडमोड गर्ने वा कम आँक्ने प्रवृत्तिको विरुद्ध नेपाल प्रेमीहरूले सजग भएर अभियानमा एकजुट हुनु आवश्यक छ। नेपाल हाम्रो गौरव, हाम्रो पहिचान र हाम्रो अध्यात्मिक धरोहर हो।
यही इतिहास र संस्कृति माथि आधारित भएर योगि आचार्य राजन शर्माले विश्वभर योग जागरण ल्याउँदै नेपाललाई ‘एक घर, एक योगी’ अभियान अन्तर्गत निशुल्क ध्यान र योग अभ्यासनमा अग्रसर हुनुहुन्छ। यस अभियानलाई सफल बनाउन सबै देशवासी र शुभेच्छुकहरूले साथ दिन आवश्यक छ। नेपाललाई योग र आध्यात्मिक गुरु राष्ट्रको रूपमा विश्वमै स्थापित गर्ने यो प्रयास देशको गौरव र पहिचान हो।
नेपाललाई विश्व गुरु राष्ट्र र योग उत्पन्न भूमि भनेर चिनाउने अभियानमा यी सम्पूर्ण योग गुरुहरू, वेदविद्, ऋषिमुनि, संस्कृतिविद् र शान्तिदूतहरूको योगदानलाई समेटेर एकीकृत गर्नु अत्यावश्यक छ। हिमालयको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, योग र ध्यान अभ्यासको दीर्घ इतिहासले नेपाललाई विश्वका आध्यात्मिक केन्द्रहरूमध्ये एक महत्वपूर्ण स्थानमा पुर्याएको छ। विश्वका आध्यात्मिक साधक, योगप्रेमी, वैज्ञानिक र शान्तिकामीहरू नेपाललाई आफ्नै गुरु राष्ट्रको रूपमा हेर्न थालेका छन्।
यस अभियानमा सबै पक्षहरूलाई एकसाथ ल्याएर नेपालको आध्यात्मिक र सांस्कृतिक विरासतलाई विश्वव्यापी मान्यता दिलाउन आवश्यक छ। यो न केवल नेपालको गौरव हो, तर समग्र मानवताको शान्ति र समृद्धिका लागि पनि महत्वपूर्ण कदम हुनेछ।
यी सबै आध्यात्मिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक तथ्यहरूले नेपालको योग, वेद, बुद्ध, प्रकृति र संस्कृतिको जन्मभूमि र विश्व गुरु राष्ट्रको मान्यता अझ प्रगाढ बनाएको छ। नेपालले विश्वलाई शान्ति, ध्यान र योगको अमूल्य उपहार दिएको छ र यस भूमिलाई सम्मान गर्नु मानवताको कर्तव्य हो।~ Chetna Swami








