बाथर्स्टमा ‘विश्व शान्ति अध्यात्म विज्ञान समाज भजन कुञ्ज’ गठन

विश्व शान्ति स्थापना र अध्यात्मिक जागरणको पवित्र यात्रा — बाथर्स्टमा ‘विश्व शान्ति अध्यात्म विज्ञान समाज भजन कुञ्ज’ समितिको गठन

 आध्यात्मिक प्रेरणा, सेवा र समर्पणमा समर्पित अर्को ऐतिहासिक पाइला

बाथर्स्ट, अस्ट्रेलिया – अध्यात्म, योग, ध्यान र भजनमार्फत मानव आत्माको शुद्धि, समाजमा नैतिक पुनर्जागरण, र समग्र विश्वमा शान्तिको स्थापनार्थ समर्पित उद्देश्यका साथ ‘विश्व शान्ति अध्यात्म विज्ञान समाज भजन कुञ्ज, बाथर्स्ट समिति’ को औपचारिक विस्तार गरिएको छ।

समितिको प्रवक्ता राजेश्वर घिमिरेका अनुसार, यो समितिको स्थापनाले अस्ट्रेलियाको बाथर्स्ट क्षेत्रमा आध्यात्मिक गतिविधिहरूलाई संस्थागत गर्दै विश्व शान्ति अभियान (GSPS) मा सशक्त योगदान पुर्‍याउने विश्वास गरिएको छ।

समितिका संयोजक दीपक राना मगरले भन्नुभयो —
“यो समितिको निर्माण केवल कार्यक्रम सञ्चालनका लागि होइन, आत्म–जागरणको यात्रा, सत्कर्म र श्रमदानको माध्यमबाट सेवा र साधनामा समर्पित जीवनशैली फैलाउने एक साझा संकल्प हो। हाम्रो प्रेरणा गुरु योगी आचार्य राजन शर्माको मार्गदर्शनमा छ, जसको शिक्षाले हजारौँलाई जीवनको सार र आत्मशान्तिको गोह्राहरू सिकाएको छ।”

समिति संरचना र जिम्मेवारीहरू:

संगठनले पवित्र उद्देश्यका साथ काम गर्दै बाथर्स्ट क्षेत्रभित्र नियमित रूपमा भजन-कीर्तन, ध्यान साधना, योग अभ्यास, धर्मसंवाद र आत्मिक समर्पणका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साथै, मन्दिर, आश्रम र सार्वजनिक स्थलहरूमा स्वयंस्‍ेवा, श्रमदान, तथा सफाइ व्यवस्थापन जस्ता सामुदायिक सेवाका कार्यक्रमहरू पनि प्रभावकारी रूपमा अघि बढाइनेछ।

पशुपति बौद्ध तपोभूमि, लिन्डहर्स्ट अन्तर्गत स्थापना गरिएका अन्य समितिहरूसँग सहकार्य गर्दै, बाथर्स्ट समितिले पनि सञ्जाल विस्तार गर्दै आध्यात्मिक चैतन्य फैलाउने कार्यलाई तीव्रता दिने लक्ष्य राखिएको छ।

समितिका पदाधिकारीहरू यस प्रकार रहनुभएको छ:

  • संरक्षक तथा प्रमुख सल्लाहकार: योगी आचार्य राजन शर्मा

  • संयोजक: दीपक राना मगर

  • प्रवक्ता: राजेश्वर घिमिरे

  • निर्देशक: परु भण्डारी

  • व्यवस्थापक: नविन प्रसाईं

  • अर्थ व्यवस्थापक: अञ्जु डंगोल

  • अभिभावक संयोजक: श्रीमान खड्ग  प्रसाईं

  • नारी संयोजक: सुशिला राना मगर

भावी योजनाहरू

समितिले सर्वजनहितमा आधारित ध्यान शिविर, योग कार्यशाला, भजन संध्या, संस्कार परम्परा संरक्षण, तथा नयाँ पुस्तालाई आत्मिक मूल्य शिक्षाद्वारा सशक्त बनाउने कार्यहरू गर्ने योजना अघि सारेको छ।

“शान्ति शब्द होइन, अनुभूति हो; त्यो अनुभूतिका लागि साधना, सेवा र समर्पण आवश्यक छ।”
यही मन्त्रलाई आत्मसात गर्दै, बाथर्स्ट समितिले विश्व शान्ति र मानवताको पुनर्निर्माण को अभियानमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ।

इच्छुक सेवक, साधक तथा सहयोगीहरूलाई यस अभियानमा समावेश गराउँदै समग्र समाजलाई अध्यात्मिक उज्यालोतर्फ डो¥याउने यो प्रयास आजको आवश्यकता हो।

सम्बन्धित शिर्षकहरु