भोजन, उपवासकला, विरुद्द आहार
~ प्राध्यापक , योगी आचार्य राजन शर्मा ,(भिक्टोरिया विश्वविध्यालय, अष्ट्रेलिया/महायोग ग्लोबल कलेज , पाठ्यक्रम अनुसन्धान विभाग प्रमुख )
जीवनभरको कमाई क्षणभरमा नोक्सान पार्न भोजन नै कारक बनेको छ । आहार, विहार, योग र तप आँफैंमा एक दिव्य औषधि हो । श्वस्थ व्यक्ति सदा आरोग्य रहने र अश्वस्थ हुनासाथ तुरुन्त आरोग्य बनाउंने उपचार कला नै उचित आहार कला हो
।
भोजन सदैव आफ्नो शरिरको प्रकृति,मौषमा , भुगोल ,स्वभाव ,परिस्थितिन अनुसार ग्रहण गर्नु पर्ने हुन्छ । भोजन बाटै रस ,रक्त मांस ,मेध ,मज्जा ,आभा ,उर्जा र तेज बन्छ । त्यसैले हामी जे खान्छौ त्यहि ,बन्छौं । शुरुमा आफ्नो शरिरको प्रकृति जानौं । खानाको गुण धर्म जानौं त्यसपछि मात्रा ग्रहण गरौं । हामि भोजनको रित नजान्दा झुक्किएर मात्र बांचेका छौं ।
पशु बाट रोग हामीमा सर्छ । गुण -पशुको गुण हामीमाआउंछ । पशुलाई राख्दा मान्छेबाट टाढा राख्नु पर्छ । नत्र त्यो गुण मान्छेमा सर्छ । जति सक्दो टाढा राख्नु पर्ने हुंनाले पहिला खोर , गोठ ,टाढा हुन्थ्यो । पाल्दा त यस्तो छ भने पेटमै हाल्दा झन् रोग भित्रिन्छ । पशु र जनावरका रोग मानिसमा सरे पछि दीर्घ कालिन रुपमा सर्छ । तसर्थ मानिस शाकाहारि हो र उसको शरीरको आन्द्रा छोटो हुनु , दांत मांसाहारको जस्तो नहुनु ,हात्मा नङ्ग्रा नहुनु यसको प्रमाण हो । शाकाहार भोजन सिघ्र पच्ने भएकाले नै भोजन बाट लाग्ने रोग न्युनिकरण हुन्छ भने शरीर हलुको र आरोग्य बन्छ ।
विरुद्द आहार
विरुद्द भोजन मन्द विष हो :
आयुर्वेदका अनुसार चार प्रकारका आहार छन्।
१-भक्ष्य=चपाउंन योग्य
२-चोप्य=चूसन योग्य
३-लेह्य=चाटन योग्य
४-पेय=पिउंन योग्य
चरक संहिता भन्छ :
*“विपरीतगुणस्तेषां स्वस्थवृत्तेर्विधिर्हितः।”* चरक संहिता, सूत्र स्थानम् ७/४१
अर्थात् वात प्रकृतिले वातवर्धक, पित्त प्रकृतिले पित्तवर्धक र कफ प्रकृतिले कफवर्धक आहार-विहार ले नै रोग बन्न जान्छ । अतः प्रकृतिको विपरीत गुणवाला आहार-विहार को सेवन गर्नु पर्दछ ।
विरुद्द भोजन चरक संहिताका अनुसार मन्द विष हो । महर्षि चरकले विरुद्द आहारका वारेमा यस्तो १८ तरिका बाटएका छन्।
1.देश विरुद्द आहार :
एकै देशमा १८ देशका भोजन मिल्छ त्यो नराम्रो हो । पारम्पारिक भोजन सुन्दर र पच्न सक्ने हुन्छ । प्रकृतिले मौषम अनुसार स्थानिय रुपमा फल ,जल र अनाज फलाउंछ हाम्रो शरीर उस्तै हुन्छ । त्यसैले स्थानिय भोजन ज्यादा प्रभावकारि हुन्छ ।
विरुद्द भोजन चरक संहिताका अनुसार मन्द विष हो ।
2. काल विरुद्द आहार :
जाडो मा मसला दार राम्रो । गर्मिमा कम मसलादार खानु हुंदैन ।
3.अग्नि विरुद्द :
पांचन अग्नि विरुद्द खाना चाहिए । वात को विषम, पित्तको तीक्ष्ण अग्नि। कफ मन्द अग्नि हुन्छ । अग्नि विचार गरेर भोक लागे पछि मात्रा खाने । उमेर अनुसार अग्नि धेरै हुन्छ ।
4. मात्रा विरुद्द :
घिउु र मह समान सम प्रमाण लिनु हुदैन ।
5. सात्म्य विरुद्द विरुद्द :
पिरो कफलाई ठीक छ । मिठो कफलाई हुंदैन ।
6.दोष विरुद्द :
वात पित्त र कफ अनुसार खाने । वात प्रकृति रुखा खानु हुंदैन ।
7.सन्स्कार विरुद्द :
मह पगाल्नु हुदैंन । अमिलो खाना जस्तै :गुन्द्रुक , सिन्की तामाको भांडोमा पकाउंनु हुंदैन ।
8. वीर्य विरुद्द : शित र उष्ण वीर्य विरुद्द खानु हुंदैन । दुध र माछा वीर्य विरुद्द आहार हो ।
९. कोष्ठ :
पचाउंने क्षमता अनुसार खाने । काम पच्ने ले ज्यादा नखाने .
10.अवस्था विरुद्द :
मेहनत , व्यायाम पछि नखाने , कफ बढानेवाला आहार धेरैले नखाने .
11. क्रमविरुद्द :
दिनचर्या अनुसार । विनामलमुत्र त्यागको खाना खानु क्रम विरुद्द हो । मिठो शुरुमा, तितो विचमा ,अमिलो अन्त्यमा । “भोजनान्ते पिवेद तक्रम” । मिठाई पछि नखाने । सप्त रस को क्रम अनुसार खाने ।
12. परीहार विरुद्द :
उष्ण घिउ र चिसो पानी विरुद्द हन जान्छ । घिउ पछि चिसो पानी चिया पछी पानी निषेध छ ।
13.:उपचार विरुद्द ;
विमारि विचार नगरि खानु । अंल पित्त , रक्त पित्त ,पित्तको बढाने वाला नखाने
14.पाक विरुद्द :
भात गिलो र कांचो दुबै हुनु हुंदैन .
15.संयोग विरुद्द :
आजकाल महत्वपूर्ण छ । दुध र अण्डा । दुध र फल । मिल्कसेक । केला र दुध लिना नहुने हुन्छ । केरा र दुध मिसाउंनु हुंदैन .दुध र नुन , तरकारी, खिचडि संगै लिन हुंदैन । हरियो पात , मांसाहार र दुध लिन हुंदैन । लसुन ,दुध , खीर दहि,विरुद्द हुन्छ ।
16. र्हिदय विरुद्द :
मनको अवस्था नहुंदा ।
17.सम्पद ;
सडेको ,डढेको ,कांचो खानु विरुद्द आहार हो ।
18.विधि विरुद्द :
खाना पकाउंने समय , उठेर खानु , टिभि हेर्दै , धमाधम हिड्दै खांदा, विधि विरुद्द हुन्छ ।
केहि विरुद्द आहारहरु :
लौका र तामा सँगै खांदा पखला लाग्न सक्छ वा मृत्यु सम्म हुन्छ । आलु र मुला खांदा हात खुट्टा पोल्न सक्छ । बलेसिको पानि तामाको भाडोमा हालेर एक महिना राख्दा
औषधि सरह हुन्छ ।
दुध संग : सलाद , मुला , लप्सि, अमिलो ,लसुन , माछा , मासु , तरकारि खाना , अमिलो लिनु मन्द विष सरह हुन्छ ।
खरबुजो सँग : ,पानि, पुदिना .
सागमा वेसार , चरेस थालमा अचार , गर्भवति हुंदा , कुभिण्डो , बढहर ,घिउकुमारी । वालक र व्रिद्दले घिउ कुमारी नखाने ।
च्याउ र कुखुराको मासु खांनु हुन्न । यसको प्रमाण नेपालअको सल्यानमा एकै घरक ५ जन वितेको प्रमाण छ यसमा ।
मेवा र करेला खांदा सिङ्गो गाउं विरामि परेको उदाहरण ले पनि यो प्रमाणित गर्छ ।
रायोको साग र करेला खान हुन्न ।
उमारेको गेडा गूडि र दुध खांदा म्रिद्यु सरह हुन्छ व अल्जाइमर समेत हुन्छ ।
वेसार लगातार खानु हुन्न । यसले शक्ति घटाऊछ । धेरै तरकारि पकाउंदा वेसार एउटा तरकारिमा मात्र मात्र हाल्ने । दुध र अण्डा सँगै खांदा दिमाग सुस्त हुन्छ ।
बजारको मिठाईमा सिसा पदार्थ हालेको हुन्छ , यसले पाचन शक्ति कमजोर पार्छ ।
खाएको खाना पहिला रस , गुण , वीर्य ,र बिपाक बन्छ । दुध र घिउ सँगइ खानु हुन्न। घिउ माटोको भाडोमा वा काठको भांडोमा राख्दा लामो समय सम्म राख्न् सकिन्छ ।
आल्मुनियमको भांडोमा कागति हाल्दा मुटुमा खराबि आउंछ ।
उपाय :
खोर्सानि धेरै खाएमा तुरुन्त चौलानि पानी पिउंने .
बच्चालाई पखाला लागेमा,अत्यधिक रोएमा , भातको माड र सखर हालेर खुवाउने । ।
काखि गन्हाउंदा सयपत्रि फुल को पात माडेर लगाउंने । सयपत्रिको जरा घोटेर पानी सँग खांदा छाला चिलाउंदैन .
बाडुलि नरोकिंदा वयरको दानाको भित्रि भाग खाने ।
भात धेरै खाएमा मरिच पानी खाने ।
धेरै चकलेट खांदा गर्ने असारलाई ल्याङ र सुकुमेल खाने ।
वायुशामक पदार्थमा तिल का तेल, पित्तशामक मा गाईको घिउ एवं कफशामक मा मह शहद (मधु)सर्वश्रेष्ठ हुन्छ ।
अष्ट्रेलियाको भोक्टोरिया विश्वविध्यालय अन्तर्गतको महाशक्ति योग कलेजका पाठ्यक्रम निर्माता तथा योग-आयुर्वेद अन्वेषक योगी प्राध्यापक आचार्य राजन शर्माज्यु द्वारा तयार पारिएको ग्रन्थ “योग र प्राकृतिक दर्शन”मा यो लेख आधारित छ । यसको सम्पूर्ण प्रलितपि अधिकार लेखक तथा महायोग ग्लोवल कलेज सँग रहेको हुंदा ,यो सामग्रि सन्दर्भ उल्लेख नगरि पुन: प्रकाशन गर्न वा व्यापारिक प्रयोजनमा नल्याउंनु हुंन अनुरोध छ । -असनेपालन्युज परिवार ।
https://www.youtube.com/channel/UCSjjX8qwIhnfteYjDQMtoAg








