७३ जिल्लामा निषेधाज्ञा: ६७ जिल्लामा जिल्लाभर,६ जिल्लामा आंशिक (सूचीसहित)

काठमाडौं । पछिल्लो समयमा संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

गृृह मन्त्रालयका अनुसार, हाल देशका अधिकांस जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म देशभर पूर्ण र आंशिक गरी ७३ वटा जिल्लामा स्थानीय प्रशासनमार्फत निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ। तीमध्ये ६७ जिल्लामा जिल्लाभर र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।
भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा शुरु हुँदैछ ।

गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व, तेह्रथुम र खोटाङले निषेधाज्ञा लागू गरेका छैनन् । निषेधाज्ञाकै बीच सङ्क्रमण भने बढिरहेको छ ।

निषेधाज्ञा लागू भएका जिल्लाका विवरण :

सम्बन्धित शिर्षकहरु