शोकलाई शक्तिमा बदल्दै १३ औँ दिनको पुण्यतिथिमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न।

नेपाली समाजको निम्ती एउटा उदाहरणिय नाम हो गोपाल ढकाल।ढकाल,रुपन्देही देवदह बासीकालागि रगतको पर्यायवाचीको नाम हो भन्दा फरक पर्दैन। संधै रगत व्यवस्थापनमा सक्रिय रहने गोपाल ढकालका पुत्ररत्न निरज ढकालको सडक दुर्घटनामा परि अकल्पनीय निधन भएपछि शोकलाई शक्तिमा बदल्दै १३ औँ दिनको पुण्यतिथिमा  उहाँले बृहत् रक्तदान कार्यक्रम देवदहमा गर्नुभएको हो। 

नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह नगर शाखाको आयोजना तथा विभिन्न संघसंस्थाको सहयोगमा सो पुण्यतिथीमा एकसय एक जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका हुन। यमलाल भट्टराईको संयोजन, नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह शाखाका अध्यक्ष विजय गुरुङको अध्यक्षता र देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो।

केहि वर्ष अघि गोपाल ढकाल अष्ट्रेलियाको भ्रमणमा हुनुहुन्थ्यो सो भ्रमणमा रहंदा समेत उहांले नेपाल रेड्क्रस सोसाइटी देवदह उपशाखा रुपन्देहीको तर्फबाट सिड्नीमा रक्तदान कार्यक्रम सम्पन्न गर्नुभएको थियो।सिड्नी स्थित अष्ट्रेलियन रेड्क्रस ब्लड सर्भिस च्याट्सउड डोनर सेन्टर , भिक्टोरिया एभिन्यु मा थूप्रै रक्तदाताहरुको सहभागितामा रक्तदान गरिएको थियो। २० जनवरी २०१८ शनिबारका दिन सम्पन्न सो कार्यक्रममा रक्तदातालाई ढकालले प्रमाण पत्र प्रदान गर्नुभएको थियोभने उहांले अष्ट्रेलियन रेड्क्रस ब्लड सर्भिस च्याट्सउडका कम्युनिटी रिलेसन अफिसर “जोन फेट” लाई रक्तदान पश्चात मायाको चिनो स्वरुप भगवान गौतम बुद्धको सानो मूर्ति टोकनअफलभ समेत प्रदान गर्नुभएको थियो। शोकलाई शक्तिमा बदल्ने उहां नेपाली समाजको निम्ती  एउटा अनुकरणिय व्यक्ति हुनुहुन्छ। १३ औँ दिनको पुण्यतिथिमा असनेपासन्यूज परिवार स्वर्गिय निरज ढकाल प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ। 

सम्बन्धित शिर्षकहरु