’योगी आचार्य राजन शर्मालाई “मास्टर योग टिचर “को उपाधिमा राख्दै “योग अलायन्स ईन्टरनेशल” तथा “योग आलायन्स अष्ट्रेलिया” ले आफ्नो वेबसाईटमा उनको विवरण सार्वजनिक गरेको छ । विश्वका योग प्रशिक्षकहरुको समुह योग अलायन्स ईन्टरनेशल” तथा “योग आलायन्स अष्ट्रेलिया” ले हाल सम्म विश्वभर २९ जना अन्तर्राष्ट्रिय योग गुरुहरुलाई मात्र यो शिर्षकमा दर्ता गरेको योग अलायन्स वोर्ल्डले जनाएको छ। 
२५ सय घण्टा भन्दा बढि योग शिक्षक प्रशिक्षण अनुभव हासिल गरेको वा योग, ध्यान, प्राकृतिक उपचारको क्षेत्रमा दीर्घ अनुभव हासिल गरेका वा योग विधामा शोध ,अनुसन्धान र लामो उपलब्धि ग्रहण गरेका योगगुरु ,स्वामि तथा विषेशज्ञलाई यो उपाधि दिने अलायन्सको प्रावधान रहेको उनिहरुको विवरणमा उल्लेख छ ।
विश्वका ४५ भन्दा बढि देशका २०० भन्दा बढि शहरमा “आर्ट अफ हेप्पिनेस “(The Art of Happiness)को शिविर संचालन गरेर लाखौं लाख विच पूर्विय दर्शनका मुल्य मान्यता योग दर्शन र नेपाली पहिचानलाई विस्तार गरिरहेका आचार्य राजन शर्मा सकारात्मक जीवनका एक उज्याला नक्षत्र हुन।नेपाली संग- संगै विदेशीहरु विच थप लोकप्रिय छन। उनकै समन्वयमा नेपालका सातै प्रदेश र विश्वका विभिन्न देशका गरि ६०० जना सहभागिको विचमा अखण्ड ५० दिन सम्म चलेको प्रथम चरणको योग शिक्षक प्रशिक्षण शिविर भर्खरै सम्पन्न भएको तथा दोस्रो चरणको पुन: सन्चालन भईरहेको,यस्तै नेपालदेखी अष्ट्रेलिया सम्मको विभिन्न विश्व विद्यालयमा प्राध्यापन समेत गरेका शर्माको “भत्किएको पर्खाल”, “प्रश्नमा इश्वर”, “सफलताका शुत्रहरु” लगायतका साहित्यिक सिर्जनाहरु बाहिर आइसकेका छन् ।
अष्ट्रेलियामा नेपालको आयतनलाई तन्काउन नेपालको झण्डा र नेपाली दौरा सुरुवालमा कहिले स्काइ डाईविंग त कहिले माउन्टकोजिअस्को को शिखरमा नेपाली झण्डा पुर्याउने,कहिले प्रशान्त महासागरको पींध सम्म नेपालको पहिचान तन्काएर नेपाली किर्तिमान कायम गर्ने शर्माको परिचय यतिमा मात्र सिमित छैन ।
अमेरिकाको आकाशमा हवाई उडानमानै योग शिविर संचालन गरेर नेपालीको शिर उँचो पार्ने शर्मा विश्व शान्ति परिषदको शान्तिदुत तथा नेपाल फिजी सांस्कृतिक राजदुत हुनु।
वहु आयामिक प्रतिभाशाली व्यक्त्तित्व शर्मा अष्ट्रेलियाका पहिलो नेपाली इजाजत प्राप्त योग तथा प्राकृतिक चिकित्सा का प्रशिक्षक तथा सिभिल सेलिब्रेन्ट पनि हुन।
युवा अध्यात्मिक गुरु तथा उत्प्रेरक वत्ताको रुपमा परिचित शर्मा विश्वका १४ देशमा अध्यात्म र सकारात्मक प्रेमीहरुको साझा मञ्च “विश्व शान्ति तथा अध्यात्म बिज्ञान समाजका संस्थापक अध्यक्ष र संरक्षक समेत रहेका छन। उहांका केहि विषेशता यो भिडियोमा समेटिएका छन्:https://youtu.be/NyyD1l5jP6g








