संसार भर छरिएर रहेका लाखौं लाख नेपाली अन्य समुदाय बिच लोकप्रिय एक उत्प्रेरक व्यक्ति आचार्य राजन (शर्मा भीमसेन सापकोटा) :

शक्तिशालि शब्दहरु जब दमदार आवाजमा उत्प्रेरणाका उर्जा बनेर निस्कन्छन तब यसले हामी भित्रका उत्साहको वेगलाई रांको सल्काइदिन्छ । त्यस्तै उर्जाशिल प्रेरक भनाई बाट हजारौं हजारलाई सकारात्मक बाटोमा हिंडाउने एक प्रेरणादायी नाम हो आचार्य राजन शर्मा । जसलाई भीमसेन सापकोटाको नामले पनि चिनिन्छ ।

सिन्धुपाल्चोक बाँसबारीमा पैदाहुनुभएका सापकोटा एउटै भिडियो लाई २६ हजार भन्दा बढिले शेयर गर्नु र १ मिलियनभन्दा बढिले स्पर्श गर्नुले पनि उहाँको सकारात्मक विचारको लोकप्रियताको मापन गर्न सकिन्छ । विश्वका १८ देशका २५ भिन्नाभिन्नै शहरमा “Art of Happiness” को शिविर संचालन गरेर लाखौं लाख विच पूर्विय दर्शनका मुल्य मान्यता योग दर्शन र नेपाली पहिचानलाई विस्तार गरिरहनु भएका आचार्य राजन शर्मा सकारात्मक जीवनका एक उज्याला नक्षत्र हुन् । नेपाली संग संगै विदेशीहरु विच थप लोकप्रिय बन्नु भएको छ उहां। उहाँको उत्प्रेरक कार्यक्रमहरु अमेरिका बेलायत अष्ट्रेलिया फिजी सिंगापुर नेपाल भारत लगायतका विभिन्न देश र शहरमा हरेक महिना आयोजना हुंदै गइरहेको छ ।

नेपालका प्रमुख समाचारमाध्यमहरु नेपाल समाचारपत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन तथा अष्ट्रेलियाका विभिन्न समाचारमाध्यमका कुशल संचारकर्मीको अनुभव उहाँसंग छ । यस्तै नेपालदेखी अष्ट्रेलिया सम्मको विभिन्न विश्व विद्यालयमा प्राध्यापन समेत गर्नु भएका आचार्य राजन शर्माको “भत्किएको पर्खाल”, “प्रश्नमा इश्वर”, “सफलताका शुत्रहरु” लगायतका साहित्यिक सिर्जनाहरु बाहिर आइसकेका छन् ।

अष्ट्रेलियामा नेपालको आयतनलाई तन्काउन नेपालको झण्डा र नेपाली दौरा सुरुवालमा कहिले स्काइ डाईविंग त कहिले माउन्टकोजिअस्को को शिखरमा नेपाली झण्डा पुर्याउने,कहिले प्रशान्त महासागरको पींध सम्म नेपालको पहिचान तन्काएर नेपाली किर्तिमान कायम गर्ने शर्माको परिचय यतिमा मात्र सिमित छैन । अमेरिकाको आकाशमा हवाई उडानमानै योग शिविर संचालन गरेर नेपालीको शिर उँचो पार्ने शर्मा विश्व शान्ति परिषदको शान्तिदुत तथा नेपाल फिजी सांस्कृतिक राजदुत हुनुहुन्छ ।

वहु आयामिक प्रतिभाशाली व्यक्त्तित्व शर्मा अष्ट्रेलियाका पहिलो नेपाली इजाजत प्राप्त योग तथा प्राकृतिक चिकित्सा का प्रशिक्षक तथा सिभिल सेलिब्रेन्ट Civil Celebrant पनि हुनुहन्छ । युवा अध्यात्मिक गुरु तथा उत्प्रेरक वत्ताको रुपमा परिचित शर्मा विश्वका १४ देशमा अध्यात्म र सकारात्मक प्रेमीहरुको साझा मञ्च “The Global Society For Peace and Spiritual Science” का संस्थापक र संरक्षक समेत हुनुहुन्छ । उहाँको पहलमा नेपालमा थुप्रै परोपकारका कार्यक्रमहरु संचालनमा छन् । आकाश असिमित छ विकट बस्तीबाट विश्व समुदायसम्मको उहाँको यात्रा हामी सबै नेपालीका लागी प्रेरणा र आशा बनेको छ । हिंडन शुरु गर्नुहोस बाटो आफैं बन्दै जाने छ मात्र हामीमा उहाँ जस्ता थुप्रै सकारात्मक प्रेमीहरुको जरुरी भएको छ ।

 

सम्बन्धित शिर्षकहरु