नेपाल एयरलाइन्सले दिल्लीको एक तर्फी भाडा ७१ सय तोक्यो !

Airport_Airbus-agamanफागुन ४ , काठमाडौं – नयाँ एयरबस थपेपछी केहि राहतको महशुस गरेको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले प्रति व्यक्ति ७ हजार १ सय रुपैयाँमा भारतको राजधानी नयाँदिल्लीको उडान भर्ने भएको छ । यो नेपाली यात्रुका लागि करसहित एकतर्फी प्रवर्द्धनात्मक भाडादर हो ।

निगमले यही फागुन १३ गतेदेखि माघ ८ गते नेपाल भित्र्याएको नयाँ जहाज एयरबसबाट दिल्लीमा नियमित उडान सुरु गर्न लागेको हो । उक्त सेक्टरमा विदेशी यात्रुहरुका लागि भने प्रतियात्रु ८ हजार २ सय ३० रुपैयाँ भाडा तोकिएको छ ।

जहाज अभावका कारण निगमको दिल्ली उडान गर्न नसक्दा भारतीय एयरलाइन्सहरुले बजार कब्जा गरिरहेका थिए । निगमको उडानसँगै यात्रुहरुले चर्को भाडा तिरेर काठमाडौं-दिल्ली उडान गर्नुपर्ने बाध्यताबाट मुक्त हुने भएका छन् ।निगमले दिल्लीमा प्रत्येक सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने बताएको छ । १५८ सिट क्षमता भएको एयरबसमा १५० वटा इकोनोमी र ८ वटा बिजनेस सिट रहेका छन् ।

अर्को एयरबस आएपछि निगमले दिल्लीमा दैनिक दुई उडान गर्ने तयारीमा छ । हाल दुईवटा बोइङबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निगममा दुईवटा एयरबस थप भएसँगै चारवटा जहाज पुग्नेछन् ।

 

सम्बन्धित शिर्षकहरु