‘नेयमार, पिएसजी क्लब छोडेर रियल मड्रिड अाउ’

एजेन्सी । रियल मड्रिडका पुर्व खेलाडी गुटीले नेयमारलाई पिएसजी क्लब छोडेर रियल मड्रिड जान भनेका छन् । पछिल्लो समय ब्राजिलियन स्टार नेयमार रियलले जाने हल्ला व्यापक रुपमा चलेको छ । गएको वर्ष उनी २२२ मिलियन युरोमा उनी बार्सिलोनाबाट पिएसजी आएका थिए ।

रियल मड्रिडको युथ कोच रहेका उनले भनेका छन्, ‘नेयमारको तर्कसंगत निर्णय भनेको रियल नै हो ।उनले लिग वान छोड्न चाहेमा जाने क्लब रियल नै हो ।यदी उनी आफ्नो करिअरलाई नयाँ उचाइमा पुर्याउन चाहन्छन् भने नेयमार रियल आउनु उचित हुन्छ ।’

जिदान आएपछि क्लबले नयाँ उचाइ प्राप्त गरेको समेत उनले बताए । रोनाल्डो र करिम बेन्जेमाले क्लबको स्तर सन्तुलन राख्न धेरै महत्वपुर्ण भुमिका खेलेको समेत उनले बताए ।

सम्बन्धित शिर्षकहरु