देउवा सरकार दिल्लीकै इशारामा : नेता बिजुक्छें

जेठ ३१,भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले देउवा सरकार भारतको इशारामा चलेको आरोप लगाउनु भएको छ ।रफत सञ्चार क्लब द्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले देउवा सरकार दिल्लीकै इशारामा चलेको दाबी गर्दै निर्वाचन सार्ने प्रस्ताव पनि यसकै उपज भएको बताउनुभयो ।

निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने तर सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचन सार्ने खेल खेलिरहेको आरोप उहाँले लगाउनु भयो । उहाँले भन्नुभयो ‘निर्वाचन अवधिसम्म आयोगले सरकारको होईन सरकारले आयोगको सल्लाहमा चल्नुपर्छ’ ।

सरकार जनताको समस्याप्रति अलिकति पनि गम्भीर हुन नसकेको सरकारले राजपालाई संविधान संशोधनको बहानामा झुक्काईरहेको उहाँको धारणा छ । सरकार राजपाको माग अनुसार संविधान संशोधन होईन ऐन संशोधनको तयारीमा रहेको छ पनि उहाँले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु