मन छुने सुन्दर हरफहरु !
आफुले गरेको गल्ति बाट ज्ञान सिक्न जीवन छोटो छ र सिके पनि महङो पर्न सक्छ ! तसर्थ अरुको गत्ल्ति बाट धेरै सिकौं ।
भीड हिंडेको बाटो पछ्याउंदा यात्रा केहि सहज होला तर तपाईंं अरु भन्दा अघि कहिल्यै बढ्न सक्नु हुने छैन !
केही गर्न सकिन भनेर दु:ख लाग्यो भने नाअत्तिनुस , तपाईंं एक जना मात्र भए पनि असल बन्नुस् यो विश्वमा एउटा असल मान्छे बढ्ने छ ।
अरु बनेर होइन आफु बनेर बांच्नुस् सुख स्वत: स्फुर्त घटित हुनेछ ।
असल मान्छे लाई अरुको आलोचना गरेर बस्ने फुर्सद हुंदैन ,बांकिलाई अरुको कुरा गर्दैमा असल काम गर्ने समय रहंदैन ।
~आचार्य राजन शर्मा
मन छुने सुन्दर हरफहरु सुनेर जीवनलाई उज्यालो दिशामा लैजान ‘द माइण्ड पावर सोसाइटि”द्वारा तयार पारिएको का यो भिडियो हेरौं र अरु माझ पुर्याएर सकारात्मक समाज निर्माण मा सहायक बनौं ।







