नेपाली अध्यात्मिक गुरु योगी आचार्य राजन शर्माको अगुवाईमा विश्वभार ध्यान दिवस
असनेपालन्युज।
विश्व शान्ति तथा अध्यात्म विज्ञान ( gspss) को अगुवाइमा विश्व ध्यान दिवस मनाईने भएको छ। विश्वभरका विभिन्न ध्यान योग तथा अध्यात्म प्रेमी सङ्घसंस्थाहरूको समन्वयमा विश्वभरि एकै साथ ध्यान दिवस मनाइन लागेको हो। संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ लाई अन्तर्राष्ट्रिय ध्यान दिवस को रुपमा घोषणा गरेपछि सो घोषणालाई मूर्त रूप दिने क्रममा विश्वभरका विभिन्न शहरमा रहेका ध्यानी अध्यात्म प्रेमीहरूको बीचमा यस्तो ध्यान शिविर सञ्चालन विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले विगत तीन वर्ष अगाडि काठमाडौँ स्वयम्भु स्थित गीता मन्दिरबाट पहिलोपटक विश्व ध्यान दिवसको औपचारिक रुपमा घोषणा गरेर मनाएको थियो।
विश्वमा सर्वप्रथम यसरी विभिन्न देशका व्यक्तिहरु सहभागी भएर विश्व ध्यान दिवस मनाइएको यो नै प्रथम पटक थियो अन्तर्राष्ट्रिय योगगुरु अध्यात्म प्रवर्तक योगी आचार्य राजन शर्माको अगुवाइमा यसरी ध्यान दिवस मनाइएको थियो काठमाडौँमा सो अवसरमा विश्वका ६० भन्दा बढी देशका सहभागीहरुले अनलाइनबाट सहभागिता जनाएका थिए भने अरुले प्रत्यक्ष रुपमा ध्यान दिवसलाई आफ्नो हिस्सामा पारेका थिए
विज्ञान भएर तन्त्र ध्यानलाई नित्य निरन्तर विश्वका आठवटा समय केन्द्रबाट ७२ भन्दा बढी को सहभागी गराउँदै विश्व शान्ति अध्यात्म विज्ञान समाजले नित्य निरन्तर ब्रह्म मुहुर्त ध्यान सञ्चालन गर्दै आएको छ। यसै क्रममा बुद्ध जयन्ती पारेर ध्यान दिवस मनाउँदै आएको विश्व शान्ति अध्यात्म विज्ञान समाजले हरेक वर्ष सप्ताह व्यापी रुपमा सो दिवस मनाउँदै आएको छ। नेपाललाई विश्वकै योगगुरु तथा अध्यात्मको केन्द्र बनाउने मूल अभियानका साथ अहोरात्र निःशुल्क ध्यान तथा योग सञ्चालन गर्दै आएको विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले हरेक वर्ष ध्यान दिवस विश्वभरि मनाउँदै आएको यसैको तरङ्ग स्वरूप विभिन्न निकायहरूमा दिएको विज्ञप्ति अन्तर्राष्ट्रिय निकायमा पेश गरेको विभिन्न पत्र तथा सन्देशहरूको आधारमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको योगदानलाई सबैले महत्वपूर्ण योगदानको रुपमा लिएका छन्
हरेक वर्ष मनाइने हरेक वर्ष मनाइने सप्ताहव्यापी यस तरङ्गले आखिर विश्वलाई सधैं ध्यान गर्न सक्ने वातावरणमा बनाएरै छाड्यो। यसै क्रममा डिसेम्बर २१ को दिन पनि विश्वभरका योगीहरु ध्यानी विशेष योग ध्यान एकैसाथ शान्ति ध्यान गरिने भएको छ। अस्ट्रेलिया अमेरिका बेलायत इजरायल कतारका नेपाली तथा गैर नेपालीहरूको सहभागिता हुने यो सम्भवत प्रथम पटक जहाँ अस्ट्रेलियाली ध्यान समूहका प्रमुख मिसजेेनित देखि लिएर अमेरिकाका डक्टर होलस तथा जापानका हारयुक्त समेत सहभागी विश्वलाई नै ध्यान योग तथा अध्यात्म चिन्तनले सेवा दिँदै आउनुभएका योगी आचार्य राजनको शर्माज्यूको अगुवाइमा सो ध्यान दिवस। अस्ट्रेलियाली ध्यान प्रचारक तथा शान्ति स्पेसका प्रमुख गीति भन्नुहुन्छ विश्वस्तरमा नेपालीले गरेको यो प्रयासकै फलस्वरूप संयुक्त राष्ट्र संघले यो सबैका लागि ल्याएको हो भन्दै आफू सो कार्यक्रममा सहभागी हुने र विश्वभरका व्यक्तित्वहरूलाई पनि सहभागी हुन अनुरोध गर्नुभएको छ। स्वयम्भूको गीता मन्दिर काठमाडौँबाट प्रत्यक्ष रुपमा र अस्ट्रेलियाको विश्व शान्ति आश्रम तथा विश्वका विभिन्न एकैसाथ दीप प्रज्वलन तथा ध्यान साधना गरेर दिवस मनाइँदैछ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले योगी आचार्य श्री राजन शर्मा ज्यूको अगुवाइमा यस अगाडि लगातार मनाउँदै आएको ध्यान दिवसका झलकहरू यहाँ उल्लेख गरिएका छन् यस्तै विश्वका विभिन्न प्रहरी प्रहरी केन्द्र सरकारी निकायहरू राजदूतावास तथा अन्य स्थानमा ध्यान शिविर सञ्चालन गरेको यो अनुभवका चित्रहरू पनि उल्लेख गरेका छन्










