बन्द क्याफे बाट वाहिरेइने को संख्या ५ पुग्यो

terro 6असनेपाल्न्युज सिड्नी ।
पछिल्लो जानकारि अनुसार सिड्नीको लिन्ड्ट क्याफेमा बन्दित सर्वसाधारण  मध्ये  बाहिर पांच जना वाहिर  निस्किएका छन्। यस मध्ये २ महिला कामदार समेत रहेका छन्।  वाहिर निस्किन सफल क्याफे कि एक कर्मचारि ले भाव विव्हल हुँदै भनिन ‘जोखिम पूर्ण जीवनको अनुभव सबै सजिलै ब्यक्त गर्न सकिने रहेनछ ‘। उनले आफ्ना निर्दोष ग्राहक हरू प्रति पनि क्षमा मागेकि छिन् । प्रहरीले आतङ्क कारि सँग संपर्क कायम गरेको दावि गरेको छ भने थप जानकारि प्राप्त गर्न वाहिरिएका ५ जना सँग सोधपुछ कार्य जारि रहेको छ। सन् २००८ मा भएको मुम्बईको होटल आतंक सँग जोडेर यसलाई अनुसन्धान गरिएको छ। सात घन्टा सम्म चलेको यो घटनामा कोहि पनि घाइते भएको छैन् । विश्वकै चासो को रुपमा फैलिएको सो घटलाई विभिन्न देशका संचार माध्यम हरूले प्रमुखताका साथ प्रसारण गरिरहेका छंन्। यस वारेमा कुनै जानकारि चाहिए  १८०० २२७ २२८ मा सँपर्क गर्न अनुरोध गरिएको छ।

सम्बन्धित शिर्षकहरु