सुन तस्करी र सनम शाक्य हत्याकाण्ड:’गोरे’का भाई पक्राउ

काठमाडौं । इन्टरपोलको रेड नोटिसमा रहेका चुडामनि उप्रेती ‘गोरे’का भाई रमेश उप्रेती दुबईमा पक्राउ परेका छन् । इन्टरपोलको रेड नोटिसमा रहेका रमेशलाई केही दिनअघि दुबई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धान समितिले रमेशले दुबईबाट सुन पठाउन मुख्य भूमिका रहेको आरोपसहित उनलाई पनि प्रतिवादी बनाएको थियो । पक्राउ परेका रमेशलाई नेपाल ल्याउन पहल भइरहेको स्रोतले जनाएको छ ।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो काठमाडौं मार्फत इन्टरपोल मुख्यालयले रमेशसहित सुन तस्करीका मुख्य नाईके एमके मामा भन्ने मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्का बिरुद्ध जुन १८ मा रेड नोटिस जारी गरेको थियो ।

सम्बन्धित शिर्षकहरु