‘सर्वोच्चले देश टुक्र्याउन रोक्यो’

 

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधनसम्वन्धी सर्वोच्चको आदेशले देशलाई ठूलो दुर्घटनामा जोगाएको बताएका छन् । साथै संशोधन असंवैधानिक भएको एमालेको दाबीलाई पुष्टि गरेको बताए ।

प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा एमाले नेता नेपालले भने, ‘सर्वोच्चको आदेशले देशलाई ठूलो दुर्घटनाबाट बचाएको छ । देशलाई टुक्राउनबाट जोगाएको छ ।’

पूर्व प्रधानमन्त्री नेपालले पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्ताव देश टुक्राउने सुरुवातमात्रै भएको दाबी गरे । जनभावना विपरित सरकार अघि बढ्न खोजेकाले आफूहरुले विरोध गरेको नेता नेपालले बताए । ‘यो देशलाई द्वन्द्वमा लैजाने सरुवात मात्र हो, देशलाई चक्रव्यूहमा फसाउने सुरुवात मात्र हो,’ उनले भने, ‘प्रचण्डको यो कदम जनभावना बिपरित र गलत छ ।’

उनले संशोधन प्रस्ताव सके फिर्ता लिएर, नभए थाति राखेर चुनावमा केन्द्रित हुन सरकारलाई सुझाव दिए ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दबाव र प्रभावमा परेर संविधान संशोधन प्रस्ताव ल्याएको नेता नेपालको दाबी छ । उनले त्यसलाई रोक्न सत्ता साझेदार दल कांग्रेसको नेतृत्वलाई समेत सुझाव दिए ।

आवश्यक परे त्यस कार्यमा सघाउन एमाले तयार रहेको भन्दै एमाले नेता नेपालले भने, ‘म शेरबहादुर जीलाई पनि आग्रह गर्छु, यस्तो झमेलामा नफस्नुस् । तपाईं पाको मान्छे, देश विदेश घुमेको मान्छे, यस्तो समस्या कसरी समाधान गर्ने थाहा छ, प्रचण्डलाई रोक्नुस् ।’

उनले अघि भने, ‘कसको दबावले यो प्रस्ताव आएको हो रु कसको लागि ल्याएको हो रु उहाँलाई ढाडस दिनुस् । यदि एमालेको साथ चाहिन्छ भने साथ दिन तयार छ ।’

उनले राष्ट्रिय सहमतिको सरकार गठनका लागि छलफल गर्न एमाले तयार रहेको पनि बताए ।

सम्बन्धित शिर्षकहरु