करन बिवश
काठमाडौं । बिशेष कार्यक्रमका बीचमा आदर्श युग पुरुष अन्तर्राष्ट्रिय योगगुरु आचार्य राजन शर्माज्यूको उपस्थितिमा मेलम्ची-१२ पिपलचौर,सिन्धुपाल्चोकमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालको नयाँ आश्रमको उद्घाटन गरिएको छ।
विश्व योगगुरु नेपाली भुमि पुत्र आचार्य राजन शर्माज्यूले एक विशेष कार्यक्रम बिच विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालको नवनिर्मित भवनको एक भव्य कार्यक्रम बिच समुदघाटन गर्नु भएको छ।
आचार्य श्रीको जन्मस्थान मेलम्ची-१२ पिपलचौर, सिन्धुपाल्चोकमा निरन्तर साधना,योग, ध्यान र तपका निम्ति बहुउपयोगी सुन्दर भवन निर्माण भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि समाजसेवि एवं पोखरा पुम्दिकोट विकास समितिका अध्यक्ष चन्द्र कान्त बराल ज्यूले विश्व शान्ति तथा अध्यात्म बिज्ञान समाज नेपालको साधना स्थल परिसर भित्रमा शिबालय बनाउन सघाउंने सन्कल्प समेत गर्नु भयो।
विश्व शान्ति तथा अध्यात्म बिज्ञान समाज नेपालको भवन निर्माणमा स्थानिय सरक्षण समितिका सदस्यहरुले ठुलो मेहनत र स्थानीय ब्यक्तिहरुको योगदान अतुलनीय रहेको छ। समुदायका अग्रज एवं बुद्धिजीवीसँगै स्थानीय व्यक्तित्व अनि अन्य सरोकारवाला र पूर्व मेचि देखि पश्चिम महाकाली सम्मका विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजसँग जोडिएका योगीजनहरुको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा सत्कर्म,संस्कार,स्वधर्म अंगाल्न सके स्वस्थ र सद्भावपूर्ण समाजको निर्माण हुने र जिवनमा तनाव ब्यवस्थापन समेत हुने भन्दै आचार्य श्रीले सबै सहभागीहरुमा आफ्नो आहार बिहार र दैनिकीमा ध्यान दिनहुन विशेष अनुरोध गर्नु भएको थियो । हामी सम्पूर्ण नेपालीले अब नेपाललाई योग भुमि,तपो भुमि,सिद्ध पुरुषको देश,योगी ध्यानिहरु एवं सत्संगिहरुको देशको रूपमा विश्व जगतलाई चिनाउन सबैले आफ्नो-आफ्नो तह र तप्का बाट जिम्मेवारी बहन गर्न समेत अनुरोध गर्नुभएको छ। हामी एक्लैले संसार बदल्न त सक्दैनौं तर “हामी” ले सामुहिक प्रयास गर्यौ भने निकै ठुलो तरंग ल्याउन सक्छौं जुन प्रयासले हामी नेपालीले पनि संसार बदल्न सक्छौं भन्दै सम्पूर्ण सहभागीमा प्रेरणाका सुन्दर बाणीहरुले आचार्य श्रीले निकै ठुलो उर्जा थप्नु भएको छ।
नेपाल भुमिबाट सुरुवात भएको योग महाविद्या अहिले विश्व ब्रह्माण्डमा फैलिएको छ। महादेव,श्रीकृष्ण,गुरु गोरखनाथ,महर्षि पतंजलि हुदै विश्व भर फैलिएको योग महा विद्यालाई योग शुत्रमा शुत्रपात गर्दै आईरहेका हाल अष्ट्रेलियामा प्राध्यापन गराइराख्नु हुने साथै अनलाइन डिजिटल मंच जुम मार्फत अन्तर्राष्ट्रिय मान्यता प्राप्त योग शिक्षक तालिम दिदै आईरहनु भएका योग गुरु आचार्यले योग ध्यान सस्कृत भाषा तथा तन्त्र बिज्ञानको जन्म भुमि नेपाललाई योगीहरुको देश बनाउने एक महान लक्ष्यका साथ मेलम्ची-१२ पिपलचौर,सिन्धुपाल्चोकमा आफ्नो परिकल्पनामा अनि स्थानीय एवं योगीजनको सल्लाह बमोजिम योग साधना गर्न भवन निर्माण गरि आज एक समारोह बिच समुदघाटन गरि समुदायले संरक्षण गर्ने दायित्व बोध गराउदै सम्पूर्ण योगी,ध्यानिहरुलाई हस्तान्तरण गर्नु भएको छ।
भवन उद्घाटन समारोहमा बोल्दै विश्व योगगुरु आचार्य श्रीले नेपाललाई योगीहरुको देश बनाउन एक घर एक विश्व योग गुरु बनाई नेपालीलाई आफ्नो ज्ञान सीप र दक्षताको प्रचारका लागि विदेश पठाउने र विदेशी हरुलाई नेपालमा संस्कार सिक्नका लागि आउने वातावरणको सिर्जना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। त्यस्तै हाम्रा मौलिक ज्ञान सीप र संस्कार अब विश्वभर फैलाई देशलाई समृद्धिको गतिमा अगाडि बढाउने उद्देश्यका साथ कार्यक्रम गरिएको बताउनु भएको छ।
नेपाल योगीहरुको देश,गुरुहरुको देश हो भन्ने एक साझा मिशन सिर्जना गर्दै हामी नेपाली सबैजना अरूको लागि उपयोगी हुन सक्षम छौ, विश्वमा शान्ति, प्रेमको कामना गर्दै योगको महत्त्व बोध गराउदै नेपाललाई योगीजनको देश भनेर विश्वमा चिनाउने अभिप्रायसँगै विश्वभरका मानवलाई शान्ति,प्रेम,स्नेह,सदाचार,सत् व्यवहारसँगै एकीकृत गर्न सकियोस् भन्ने उद्देश्यका साथ विश्व शान्ति तथा अध्यात्म बिज्ञान समाज नेपालको स्थापना गरिएको जानकारी आचार्य श्रीले गराउनु भयो।
विश्व भरका ब्यक्तिहरुले योग,ध्यान,तप र साधना गर्नलाई सहजता होस् भन्ने मुख्य अभिप्रायका साथ विश्व शान्ति तथा अध्यात्म बिज्ञान समाज नेपालको भवन निर्माण गरिएको जानकारी समेत विश्व योगगुरु आचार्य राजन शर्मा ज्यूले गराउनु भयो। विश्व नै एक साझा घर हो भन्ने भाव हरेकमा सिर्जना गर्दै करुणा भाव,दया,माया,स्नेह,प्रेम र सदब्यवहार सारा ब्रह्माण्ड भरिका मानव सम्म सम्प्रेषण गर्न सधै तत्पर रहनु पर्ने समेत बताउनु भयो।








