पुस २२ । काठमाडौं, नेपाल स्काउटको प्रमुख आयुक्तमा रविन दाहाल नियुक्त भएका छन । त्यसै गरि राष्ट्रिय सचिवमा लोकबहादुर भण्डारी नियुक्त भएका छन् ।युवा तथा खेलकुद मन्त्री एवं स्काउटका अध्यक्ष पुरुषोत्तम पौडेलले दाहाल र भण्डारीलाई मनोनित गरेका हुन् ।
प्रमुख आयुक्त दाहाल नोबेल एकेडेमीका संचालक हुन् भने सचिव भण्डारी जेभियर इन्टरनेशनल स्कूल/कलेजका कार्यकारी निर्देशक हुन् ।
त्यस्तै राष्ट्रिय परिषद सदस्यमा पूर्व संचार सचिव ध्रुवप्रसाद शर्मा, राम भट्टराई, गुणराज प्याकुरेल र देवराज शर्मा नियुक्त भएको खेलकुद मन्त्रालयले जनाएको छ ।







