काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपालको २ दिने राजकीय भ्रमणका क्रममा मुक्तिनाथ आइपुगेका मोदीले विशेष पूजा गरेका हुन् । योसँगै मोदी प्रधानमन्त्रीको हैसियतमा पूजा अर्चना गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।
मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद अधिकारीले झण्डै २५ मिनेट पूजा–अर्चना गराएका थिए ।
पूजा अर्चनापछि मोदीले १०८ धारामा जल शेचन गरेका थिए । उनको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका थिए । मोदी आउदा मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ । मुक्तिनाथमा पूजापछि उनी बिहान करीब १०ः३० बजे काठमाडौँ फिर्ता हुनेछन । प्रधानमन्त्री मोदीलाई शनिवार दिउँसो २ः४५ बजे काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । दुईदिने नेपालको राजकीय भ्रमण पूरा गरी उनी आजनै नै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।








