काठमाडौं । पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा पुरिएका थप दुई जनाको शव फेला परेको छ ।
पहिरोले पुरीएका दिपा थापा र कमला विकको शव भेटिएको हो । थप चार जनाको अझै वेपत्ता रहेका छन भने उनिहरुको खोजी कार्य जारी रहेको छ ।
हिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।
शनिबारराति ९ बजे तिर एकासी आएको पहिरोले दुई वटा पुरिएपछि तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अनुसार मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा रहेका छन ।
बेपत्ता हुनेमा बालकहरु र जवानहरु रहेको प्रहरीले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको सहयोगमा बेपत्ताको खोजी भइरहेको छ ।
पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको प्रहरीको भनाइ छ ।








