गाईजात्रामा नेतालाई सुझावः राजनीतिलाई पेसा नबनाऊ

14089259_325287937809765_6853179137680647285_nकाठमाडौँ । पैसा कमाउने उद्देश्य लिएर राजनीतिमा लागेका नेतालाई अन्य पेसा र व्यवसायमा लाग्न कलाकारले सुझाव दिएका छन् ।

गाईजात्राको अवसरमा आज रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै कलाकारले राजनीतिमा मौलाएको विकृति, विसङ्गतिलाई अन्त्य गराउन व्यङ्ग्यात्मक शैलीमा आग्रह गर्दै राजनीतिलाई पेसा नभई सेवाको भावमा लिएर काम गर्न नेतालाई सुझाव दिएका हुन्।

कलाकार मनोज गजुरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अब ठूला माछा समात्ने गरी काम गर्न व्यङ्ग्यात्मक रुपमा सुझाव दिए । कलाकार शैलेन्द्र सिंखडाले शत्रु हँसाएर, राष्ट्र रुवाउने कुरा दुःखद् भएको बताउँदै यसको अन्त गरिनुपर्नेमा जोड दिए ।

कलाकार दीपकराज गिरीले कलाकार अरुलाई मिलेनन् भनेर सन्देश दिने तर हामी कलाकार आफैँ एकअर्कासँग बोलाचालसम्म नगर्ने चलन रहेको उल्लेख गर्दै यस वर्षदेखि एउटै छानामा गाईजात्रा मनाउने प्रण गरे ।

जितु नेपालले पहाडी, मधेसी हैन हामी सबै नेपाली हौँ भन्ने गहिरो भावले सिञ्चित भए पनि व्यक्तिगत र दलगत स्वार्थका लागि मरिहत्ते गर्ने गलत प्रवृतिले देशको भविष्य धरापमा परेकामा चिन्ता व्यक्त गरे ।

“धन कमाउनु नै छ भने अन्य पेसामा लाग्नुप¥यो, राजनीतिलाई नै कमाइ खाने ठाउँ बनाउनुभएन”– उनले भने ।

कार्यक्रममा हाँस्य कलाकार दमन रुपाखेती, शिवहरि रिजाल जोगिन्दर र लोकगायिका बबिता बानियाँले समसामयिक राजनीतिक विषयमा व्यङ्ग्य गरेका थिए।

यसैबीच क्लबले आजै आयोजना गरेको कार्यक्रममा सांसद एवम् कांग्रेस नेता रामहरि खतिवडाले आइतबारसम्म पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम सार्वजनिक हुने बताए ।

सम्बन्धित शिर्षकहरु