धुर्मुस सुन्तलीले गरेको अभियानमा जब जुट्यो नेपाली युथ फोरम अष्ट्रेलिया:

सिड्नी
अष्ट्रेलिया

नेपालमा धुर्मुस सुन्तलीले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने खबरले देश तथा विदेशमा रहेका करोडौँ नेपालीहरुमा खुशियालीको लहर आएको छ । परोपकारको निम्ति सदैव लागिरहने सिताराम कट्टेल “धुर्मुस”तथा कुन्जना घिमीरे “सुन्तली”ले नि:स्वार्थ रुपमा परोपकार गरि थूप्रै नेपालीहरुको मन जित्न सफल भए। जसमा उनिहरुले गरेका परोपकारका कार्यहरुमा थूप्रै नेपालीहरुले मन खोलेर सयोग पनि गरे।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सो कार्यमा जुटेका धुर्मुस सुन्तलीको सो अभियानलाई सघाउन अष्ट्रेलिया सिड्नीमा रहेको एक परोपकारी संस्था नेपाली युथ फोरम अष्ट्रेलियाले नेपाली नयाँ वर्ष शुभकामना साँझ २०७५ भब्यताका साथ मनाउने भएको छ। “मल्टि डाइनामिक शुभकामना साँझ भोलुम थ्रि ” नाम दिईएको सो कार्यक्रममा थूप्रै महानुभावहरुको सहयोग रहने अपेक्षा गरिएको छ। असनेपालन्यूज संग कुरा गर्दै नाइफाका अध्यक्ष सागर अधिकारीले पवित्र कार्यको निम्ती गर्न लागिएको यो कार्यक्रममा सहभागि भईदिनहुन नेपाली समुदाय संग अनुरोध गर्नुभएको छ। परोपकारको निम्ती गर्न लागिएको सो कार्यक्रममा थूप्रै दर्शकहरुको उपस्थिति रहने अनुमान गरिएको छ।

सो कार्यक्रममा विशेष प्रस्तुतीको लागि नेपालका चर्चित हाँस्य कलाकार शैलेन्द्र सिंखडा, बरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, चर्चित गायीका प्राश्ना शाक्य नेपालबाट आउनुहुनेछ भने सिड्नीका चर्चीत गायक समीर आचार्य, अस्मिता सोति,मनोज पाण्डे,सुवास लामिछाने तथा प्रवेश अधिकारीले आ-आफ्नो जोडदार प्रस्तुती दिनुहुनेछ।

आगामी १४ अप्रिल २०१८ , नेपाली नयाँ वर्ष वि.सं. २०७५ बैशाख १ गते शनिबार गर्न लागिएको सो कार्यक्रम ५५८ प्रिन्सेस हाइवे रकडेल ,ईन्द्रेणि फङ्सन सेन्टरमा साँझ ५ बजेदेखि शुरु हुने बताईएको छ। थप जानकारिको लागि निम्म मोबाइल नं मा सम्पर्क गर्न सक्नुहुनेछ। ०४११३२९२५१,
०४५१६३४७२२, ०४५१०५१९११

सम्बन्धित शिर्षकहरु