चेहरा बिनाको गला हेरेर जानुहोस
सित्तैमा चर्तीकला हेरेर जानुहोस
मायाले संसार चलाउछु भन्नु हुन्छ
मुटुमा प्यारको हमला हेरेर जानुहोस
सुखमा आउनु भयो रमाउनु भयो
अब दुखको श्रृखला हेरेर जानुहोस
दुख पोतिएको अनुहार मुस्कुराएको छ
यस्तै हुन्छिन् ररु अबला हेरेर जानुहोस
बा बितेकै दिन आमाले हलो समातिन
अब समाजको फैसला हेरेर जानुहोस
बिमला दाहाल
बिमु









