आजको साहित्यिक सामग्री ‘भर्खर भर्खर जुङ्गा दारी आउने क्रममा’


गजल

भर्खर भर्खर जुङा दारी आउने क्रममा ।
काँधमा बडा बडा जिम्मेवारी आउने क्रममा ।।

छर( छिमेक के यसो जम्मा भएथे ।
मेरो भागमा खोरियाबारी आउने क्रममा ।।

भुइचालोले के हल्लाइदे थ्यो जमिन् ।
जिन्दगीमा त महामारी आउने क्रममा ।।

क्षेत्री बाहुनले ठाउँ पाउँदै पाएनन् ।
जनजाति, दलित र नारी आउने क्रममा ।।
एउटा बुलन्द आवाज
थाँक्रे २ धादिङ

सम्बन्धित शिर्षकहरु