गजल
सिमसार जस्तो लाग्थ्यो बञ्जर भेटियो
एउटै तारा आकाशमा चम्किलो देखियो
पठाउनेले झोलामा के पठायो परदेशबाट
रुजेछ पसिनाले सन्देश अगेनिमा सेकियो
बुझ्नेले अनेक बुझ्छ्न् एउटै गजललाई पनि
जस्ले बुझ्छ दिलको कुरा उसैलाई लेखियो
आउन त धाएरै सात समुद्रमा आएकै हो नि
आखिरीमा दिलको प्यास पधेरिमा मेटियो !!
रुबि सत्याल









