भर्खर भर्खर जुङा दारी आउने क्रममा ।
काँधमा बडा बडा जिम्मेवारी आउने क्रममा ।।
छर( छिमेक के यसो जम्मा भएथे ।
मेरो भागमा खोरियाबारी आउने क्रममा ।।
भुइचालोले के हल्लाइदे थ्यो जमिन् ।
जिन्दगीमा त महामारी आउने क्रममा ।।
क्षेत्री बाहुनले ठाउँ पाउँदै पाएनन् ।
जनजाति, दलित र नारी आउने क्रममा ।।
एउटा बुलन्द आवाज
थाँक्रे २ धादिङ









