कोरिया जान चाहानेको इपिएस परिक्षा आज र भोलि

असोज १०, काठमाडौँ- बैदेशिक रोजगारीका लागि कोरिया जान चाहने युवाहरुले आज र भोलि कोरियन भाषाको परिक्षा दिने भएका छन  । रोजगार अनुमति प्रणाली (एपीएस) अन्तर्गत काम गर्न दक्षिण कोरिया जानका लागि शुक्रबार र शनिबार परीक्षा संचालन हुने भएको हो ।

इपिएस अन्तर्गतको परीक्षा संचालन, अनुगमन र नियन्त्रण गर्ने काम कोरिया आफैंले गर्ने गरेको छ । परिक्षाको सम्पूर्ण कुराको रेखदेख गर्नका लागि कोरियाबाट ६२ जनाको टोली काठमाडौं आइपुगेको छ । कोरियाको मानव संशाधन विभागका उपाध्यक्षको नेतृत्वमा टोली बुधबार र बिहीबार गरी नेपाल आइपुगेको हो ।

बिगतमा परिक्षामा उत्तीर्ण भै कोरिया जान नपाएकाहरुले बिगतमा आन्दोलन गरेको हुँदा यसपाली कम मात्र परिक्षार्थिलाई उत्तीर्ण गराउने कोरियाको रणनीति रहेको बताइएको छ  ।

सम्बन्धित शिर्षकहरु